Successfully Copied

नम्रताको ब्राइडल मेकओभर

माघ–फागुन विवाहको मौसम हो । त्यसैले यस पटकको यो स्तम्भमा नायिका तथा मोडल नम्रता योगीको ब्राइडल मेकओभर गरिएको छ । मेहक ब्युटिपार्लरकी मेकअप आर्टिस्ट तथा हेयर स्टाइलिस्ट सिर्जना प्रधान पोखरेलले नम्रतालाई ब्राइडल लुक्समा ढालेकी छिन् ।

माघ–फागुन विवाहको मौसम हो । त्यसैले यस पटकको यो स्तम्भमा नायिका तथा मोडल नम्रता योगीको ब्राइडल मेकओभर गरिएको छ । मेहक ब्युटिपार्लरकी मेकअप आर्टिस्ट तथा हेयर स्टाइलिस्ट सिर्जना प्रधान पोखरेलले नम्रतालाई ब्राइडल लुक्समा ढालेकी छिन् । नम्रता गोरी छिन् र उनको डबल चिन छ । त्यसैले उनलाई कन्ट्रोलले नाक, चिन एरिया, गालामा सेप कट गरी मेकअप सुरु गरिएको थियो । चिनलाई छोप्दा उनको फेस कट ओभल सेपको देखिएको छ ।

हिजोआजका दुलहीहरू रातो आइस्याडो त्यति रुचाउँदैनन् त्यसैले सिर्जनाले नम्रताको आँखालाई पनि स्मोकी बनाइदिएकी छिन् । उनको परेला त्यत्तिकै पनि बाक्लो छ । त्यसलाई अझ आकर्षक देखाउन आइल्यासेस प्रयोग गरिएको छ । अन्तमा एयर ब्रसले ब्लसर तथा मेकअप फिक्स गराई मेकअप पूरा गरिएको छ । यो वाटरप्रुफ मेकअप भएकाले लामो समयसम्म टिक्छ । मेकअप सकेपछि नम्रताको केशको काम गरिएको छ । उनको केश कर्ली भएकाले अगाडि स्ट्रेट गरी ब्याक कोमले साइड सिउँदो बनाइएको छ । नम्रताको स्टेप कर्लमा पुन: कर्ल गरेर रोज जुरो बनाइएको छ जुन उनलाई निकै सुहाएको छ । 

शब्द : सिर्जना दुवाल श्रेष्ठ

तस्बिर : श्रुति श्रेष्ठ

मोडल : नम्रता योगी

मेकअप तथा हेयर स्टाइल : सिर्जना प्रधान पोखरेल, मेहक ब्युटिपार्लर एन्ड ट्रेनिङ सेन्टर, कात्यायनी चोक, पुरानो बानेश्वर

 Image