Successfully Copied

आफ्ना सन्तान कुन स्तरका छन् कसरी थाहा पाउने ?

बालबालिकाहरूलाई तर्साएर, धम्काएर काम गराउनु मूर्खता हुन्छ । गाली गरेर, पिटेर बालबालिकाहरूलाई सही दिशामा ल्याउन सकिँदैन । उनीहरूप्रति माया–प्रेम दर्साउनुपर्छ ।

लक्ष्मी मानन्धर, शिक्षिका

बालबालिकाहरूलाई अनुशासनमा राख्न के गर्नुपर्छ ?

बालबालिकाहरूलाई तर्साएर, धम्काएर काम गराउनु मूर्खता हुन्छ । गाली गरेर, पिटेर बालबालिकाहरूलाई सही दिशामा ल्याउन सकिँदैन । उनीहरूप्रति माया–प्रेम दर्साउनुपर्छ । 

बालबालिकाहरूलाई पढाइमा कसरी एकाग्र गराउने ?

सर्वप्रथम बालबालिकाहरूको भावना बुझ्नुपर्छ । पाठसँग सम्बन्धित रोचक प्रसंग सुनाएर पढाए उनीहरू एकाग्र हुन्छन् ।

प्राय: बालबालिका घरमा धेरै चकचक गर्छन् तर बाहिर चुपचाप रहन्छन् । यस्तो बानी सुधार्न के गर्नुपर्ला?

घरको बाघ वनको स्याल भन्ने उखानै छ । जो पनि आफ्नो घरपरिवारसँग बढी नजिक अनुभव गर्छन् भने अन्यत्र बोल्न धक मान्छन् । त्यसैले बालबालिकाहरूलाई घरमा मात्र होइन अन्यत्र पनि घुलमिल गराउनुपर्छ । 

सानोमा ज्ञानी बालबालिका पछि झगडा गर्ने, चकचक गर्ने, भनेको नमान्ने, साह्रै दु:ख दिने स्वभावका हुन्छन्, यस्तो हुनुको कारण के होला ?

सानो उमेर साँच्चै नै चकचक गर्ने, रिसाउने र झगडा गर्ने उमेर हो । उनीहरू अप्ठ्यारो नै पार्ने गरी चकचक गर्छन्, सामान तोडफोड गर्छन्, अरूलाई कुट्छन् भने मात्र आत्तिनुपर्छ । ज्ञानी भएर बसेका बेला माया गरे उमेर बढ्दै जाँदा त्यस्तो चकचके बानी कम हुँदै जान्छ ।

बालबालिकामा शारीरिक परिवर्तनका कारण उत्पन्न हुने चिढचिढेपन कसरी कम गर्न सकिन्छ ?

यो उमेरमा कुनै चीजको गोपनीयता आवश्यक हुनसक्छ । यो शारीरिक एवं मनोवैज्ञानिक परिवर्तनको उमेर हो । त्यसैले उनीहरू आफूले चाहेका कुराहरू आवश्यक मान्छन्् । यद्यपि चाहेका सबै चीज पुर्‍याउन गाह्रो हुन्छ । सकिन्छ र पुग्छ भने ती सुविधा उपलब्ध गराउनु उपयुक्त हुन्छ । सकिँदैन भने सम्झाई–बुझाई उनीहरूलाई खुसी बनाउनुपर्छ । 

आफ्ना सन्तान कुन स्तरका छन् कसरी थाहा पाउने ?

उनीहरूको बानी–व्यवहार, बोली, अनुशासन आदि हेर्ने, पढाइका विषयमा बालबालिकाले आफ्नो काम कसरी पूरा गरेका छन् बुझ्ने । साथीहरूबाट सारेका छन् वा पुस्तक हेरेर आफै बुझ्ने प्रयास गर्छन् वा गाइडबाट सार्छन् ख्याल गर्नुपर्छ । कक्षामा उनीहरूको आनीबानी कस्तो छ, जानकारी लिनुपर्छ ।

बालबालिकाहरूलाई असल बनाउन के–कस्तो वावातरण सिर्जना गर्नुपर्छ ?

बालबालिकाको आवश्यकता समयमा पूरा गरिदिने, के सही र के गलत हो प्रेम पूर्ण वातावरणमा बुझाउनुपर्छ । बालबालिकाले मागे भन्दैमा सबै माग पूरा गरिदिनु हुँदैन ।

 Image