Successfully Copied

कर्म ब्यान्डका सुरेन्द्रमान सिंहको जीवनमा आमा तथा श्रीमतीको भूमिका

नेपाली महिलाहरू सहनशील एवं आँटिला छन् । उनीहरूमा समाज र पुरुषले दिएको दबाब सहन सक्ने आन्तरिक क्षमता छ ।

सुरेन्द्रमान सिंह, गायक, कर्म ब्यान्ड

नेपाली नारीको छवि

नेपाली महिलाहरू सहनशील एवं आँटिला छन् । उनीहरूमा समाज र पुरुषले दिएको दबाब सहन सक्ने आन्तरिक क्षमता छ । 

जीवनमा आमा तथा श्रीमतीको भूमिका 

आमा जसले ९ महिना कोखमा राखेर जन्माइन् । सन्तानलाई नि:स्वार्थ माया गर्ने आमाको महत्व कति हुन्छ शब्दमा व्यक्त गर्न सकिँदैन । आमाको एकतर्फी माया नै मेरो प्रेरणा हो । श्रीमती त आधा शक्ति नै भैहालिन् । मेरो हरेक कामका पछाडि उनी नै छिन् ।

महिलाहरूको विशेषता 

महिला भन्नेबित्तिकै सबैलाई समेट्न सक्ने व्यक्तित्व । माया र संरक्षण गर्न सक्ने व्यक्ति । 

महिलाको बलियो पक्ष 

काममा इमान्दार तथा जिम्मेवार हुनुका साथै राम्रो व्यवस्थापक ।

महिलाहरूको सुन्दरता

तुरुन्तै आकर्षण गर्छ । बोली–व्यवहार पनि राम्रो भयो भने उनीहरू सर्वकालीन सुन्दर हुन्छन् ।

बोल्ड महिला

अनुराधा कोइराला, सपना प्रधान मल्ल तथा पुष्पा भुसाल ।

सांगीतिक क्षेत्रका प्रभावशाली महिला

अरुणा लामा, अभया सुब्बा तथा सिनी गुरुङ ।

 Image