Successfully Copied

‘फेस अफ क्लासिक डाइमन्ड’ को चौथो सिजन

क्लासिक डाइमन्ड ज्वेलरीले फेस अफ क्लासिक डाइमन्डको चौथो सिजन तय गरेको छ । दरबारमार्गस्थित याक एन्ड यति होटलमा सोमबार आयोजित पत्रकार भेलामा आगामी फेब्ररी ४ अर्थात् माघ २२ गते पोखरा र फेब्ररी ११ अर्थात् माघ २९ गते काठमाडौंमा मोडल छनोटका लागि अडिसन

क्लासिक डाइमन्ड ज्वेलरीले फेस अफ क्लासिक डाइमन्डको चौथो सिजन तय गरेको छ । दरबारमार्गस्थित याक एन्ड यति होटलमा सोमबार आयोजित पत्रकार भेलामा आगामी फेब्ररी ४ अर्थात् माघ २२ गते पोखरा र फेब्ररी ११  अर्थात् माघ २९ गते काठमाडौंमा मोडल छनोटका लागि अडिसन लिने जानकारी दिएको छ । 

क्लासिक डाइमन्डले आयोजना गर्ने फेसन अफ क्लासिक डाइमन्डका फेब्ररी १८ अर्थात् फागुन ७ गते क्लासिक टावर कार्यक्रम गरिनेछ । आयोजनापछि क्लासिक डाइमन्डको ग्रान्ड फिनाले भने फेब्ररी २५ अर्थात् फागुन १४ गते सम्पन्न हुन्छ । 

चौथो फेस अफ क्लासिक डाइमन्ड छनोटका लागि मिस नेपाल लुनिभा तुलाधरले सिजन सम्पन्न नहुन्जेलसम्म साथ दिने भएकी छिन् । उक्त सिजनको फोटोग्राफीका लागि राजुभाइ सिलवाल सहभागी छन् भने मिडिया हेर्ने जिम्मा हास्यकलाकार किरण केसी (राता मकै)ले लिएका छन् ।

‘विगत लामो समयदेखिक्लासिक डाइमन्डले नेपाली फेसनमा अब्ब्ल र निखारिएका मोडलहरू उत्पादन गर्दै आएको छ ।’ आगामी दिनमा पनि मोडलिङमा करियर बनाउन चाहनेहरूका लागि क्लासिक डाइमन्डले यस्ता कार्यक्रम निरन्तर गर्दै जाने निर्देशक अमिर महर्जने जानकारी दिए । 

क्लासिक डाइमन्डले कमाएको नाफा नेपालको कला र संस्कृतिजस्ता कार्यमा लगाउने क्लासिक डाइमन्डका संचालक बाबुराजा महर्जनले बताए । नेपालको कला र संस्कृति झल्कने फेसन शो गर्दै आएको क्लासिक डाइमन्ड अहिले पनि नेपालका टप मस्ट मोडल उत्पादन गर्न सफल भएको महर्जनले दाबी गरे । 

क्लासिक डाइमन्डले फेस अफ क्लासिक डाइमन्डमा सहभागी हुन अनलाइनमा फर्म भर्न सक्ने व्यवस्था गरेको छ । शोमा सहभागी हुन चाहने इच्छुक युवतीहरूले  जहाँ जन्मथलो भएपनि पोखरा र काठमाडौंमा हुने अडिसनमा भाग लिन सकिने आयोजकले जानकारी दिएको छ। 

 Image