Successfully Copied

जादु पेडिङको

ब्रेस्ट ट्रान्सप्लान्टभन्दा धेरै गुणा कम जोखिम र कम खर्चमा हेभी ब्रेस्ट प्राप्त गर्ने सबैभन्दा सरल उपाय पेडेड तथा पुसअप ब्राको प्रयोग हो । यसबाट स्तनलाई ठूलो देखाउन सकिन्छ । यसलाई कुनै पनि पहिरनअनुरूप लगाउन सकिन्छ ।

ब्रेस्ट ट्रान्सप्लान्टभन्दा धेरै गुणा कम जोखिम र कम खर्चमा हेभी ब्रेस्ट प्राप्त गर्ने सबैभन्दा सरल उपाय पेडेड तथा पुसअप ब्राको प्रयोग हो । यसबाट स्तनलाई ठूलो देखाउन सकिन्छ । यसलाई कुनै पनि पहिरनअनुरूप लगाउन सकिन्छ । यो अरू ब्रा जति नै आरामदायक हुन्छ तर लगाउनुअघि केही कुरामा ध्यान पुर्‍याउनुपर्ने हुन्छ ।

पेडेड ब्रा 

हेभी ब्रेस्ट भएकाहरूले पनि लगाउन सक्नु यसको विशेषता हो । नर्मल ब्रामा निप्पल हाइलाइट हुन्छ भने पातलो पेडेड अन्डर वायर पेडेड ब्राले ब्रेस्टलाई सपोर्ट प्रदान गर्छ । स्मल र लुज ब्रेस्ट भएकाहरूका लागि यो ब्रा परफेक्ट मानिन्छ । यसलाई पेडेड रिङ ब्रा वा पेडेड विद आउट रिङ ब्रा पनि भनिन्छ । फुल कपका कारण पेडेड ब्रा इस्टर्न वेयरमा बढी सुहाउँछ । विद आउट रिङ ब्रा अधिकतर लाइट पेडिङ ब्रामै डिजाइन गरिएको हुन्छ । अब त ए र बी कप साइजका लागि पनि यस्तो पेडेड ब्रा निर्माण हुन थालेको छ, जुन वायर फ्री हुनुका साथै कम्फर्टेबल र सपोर्टिभ पनि छ ।

यसलाई धोए पनि खुम्चदैन । आजभोलि नेट, कटन, होजरी, विद लेस, हल्टर, ह्याङगिङ स्ट्रिङ ब्रा आदि थुपै्र पेडेड ब्रा उपलब्ध छन् । पेडेड ह्वाइट, ब्ल्याक र वेजमा मात्र होइन स्पिङ र समर कलरमा पनि उपलब्ध छ । डिप बी नेक ड्रेसका लागि हाफ कप र डिप राउन्ड कप पेडेड ब्रा पनि बजारमा उपलब्ध छ । जेल पेडिङ ब्रा विशेष गरी वान पिसका लागि बनाइएको हो । यो रिङका साथमा पाइन्छ, जसले ब्रेस्टलाई सपोर्ट प्रदान गर्छ । जेल, वाटर तथा सिलिकन ब्राले नर्मल पेडेड ब्रा जस्तो फाइदा दिनुका साथै नेचुरल लुक पनि प्रदान गर्छ । यसको रूपमा कटनको स्थानमा फ्लुइड फिल्म फर्म हालिन्छ जुन कटन पेड फम्र्स भन्दा गुणस्तरीय हुन्छ । 

पुसअप ब्रा 

पुसअप अन्डर वायर ब्रा हुन्छ, जसले ब्रेस्टलाई थोरै अप लिफ्ट प्रदान गर्छ । यसले चेस्टलाई पुस गर्छ, जसका कारण सुन्दर क्लिवेज लाइन प्राप्त हुन्छ । यसमा तलतिर डबल पेडिङ हुन्छ । यो हगिङ ड्रेसका लागि एकदम फिट हुन्छ । 

प्लन्ज ब्रा 

प्लन्ज ब्रा आरामदायक हुन्छ । यसले सेक्स अपिलका लागि टप र गाउनको सुन्दरता बढाउँछ । यसको प्याड अत्यन्त सफ्ट हुन्छ । त्यसैले यसबाट चेस्टको साइडमा पीडा कम हन्छ । यसमा बी फर्म कप हुन्छ । लेस, ब्ल्याक साटन, सिल्क, ब्रो बाहेक लेदरमा पनि प्लन्ज ब्रा उपलब्ध छ । ट्राअम्प, लेस ब्रा, माया, अमान्ते, लवेबल, वेविच तथा जकीबाहेक सपर्स स्टप र वेस्टसाइडको इनहाउस ब्रान्डेड पेडेड ब्रा पनि उपयुक्त हुन्छ । 

डेमी ब्रा

यसलाई हाफ ब्रा र सेल्फ ब्रा पनि भनिन्छ । यसले ब्रेस्टको आधादेखि एक तिहाइ भागलाई कभर र सपोर्ट गर्छ । यसमा हल्का स्लोप हुन्छ, जसले ब्रेस्टलाई तलतिर पुस गर्छ । स्ट्रेप्स धेरैजसो कपको आउट बोर्डरसित अटेच्ड हुन्छ । यसको कप यु सेपमा हुन्छ । 

खरिदमा ध्यान

इलन्फिटिङ ब्राबाट श्वासप्रश्वास एवं पाचन प्रणालीमा समस्या हुने सम्भावना हुन्छ । विशेष गरी पेडेड ब्रा विद रिङको साइजलाई ठूलो देखाउने अधिकांश ब्राले रिव केजलाई पुस गर्छ जसकारण मिडल रिबमा प्रेसर पर्छ । विस्तारै श्वास–प्रश्वासमा समस्या हुन्छ र पाचन शक्ति पनि कमजोर हुँदै जान्छ । त्यसैले सपोर्टिभ सिङलेट ब्रा लगाउने प्रयास गर्नुपर्छ । यसले दबाबलाई कम गरी सुखद् अनुभूति प्रदान गर्छ । 

पेडेड ब्रा खरिद गर्दा अधिकांश महिला गल्ती गर्छन् जसका कारण पेडेड ब्राको अनुभव सुखद् हुन्छ । 

अन्डरवायर अथवा रिङयुक्त पेडेड ब्राबाट जोगिनुपर्छ किनभने यसले सेगिङको समस्यालाई अझ बढाउँछ । कोम्फी स्ट्रेपयुक्त ब्रा लगाउनुपर्छ । यसले ब्रेस्टलाई प्राकृतिक रूपमा होल्ड गर्छ र छालासम्बन्धी समस्या हुँदैन । 

 Image