Successfully Copied

अम्बिका भइन् मिसेस हिमालयन नेपाल

सोमबार पौष २५ गते सम्पन्न विवाहित महिलाहरुमा केन्द्रित सौन्दर्य प्रतियोगिता ‘मिसेज हिमालयन नेपाल २०१७’ को उपाधि अम्बिमा तिमिल्सिनाले जितेकी छिन् । राजधानीस्थित राष्ट्रिय नाचघरको डबलीमा सम्पन्न चौथौ संस्करणको प्रतिस्पर्धामा अम्बिकाले अन्य १० प्रतिस्पर्धीलाई पछाडि पारेर सो उपाधि आफ्नो नाममा दर्ता गरेकी हुन् ।

सोमबार पौष २५ गते सम्पन्न विवाहित महिलाहरुमा केन्द्रित सौन्दर्य प्रतियोगिता ‘मिसेज हिमालयन नेपाल २०१७’ को उपाधि अम्बिमा तिमिल्सिनाले जितेकी छिन् । राजधानीस्थित राष्ट्रिय नाचघरको डबलीमा सम्पन्न चौथौ संस्करणको प्रतिस्पर्धामा अम्बिकाले अन्य १० प्रतिस्पर्धीलाई पछाडि पारेर सो उपाधि आफ्नो नाममा दर्ता गरेकी हुन् । अम्बिकाले वेस्ट हेयरको उपाधि पनि हात पारिन् । प्रतियोगितामा ट्यालेन्ट उपाधि सहित पुनम वर्देवा फस्ट रनर अप, कन्फिडेन्ट उपाधि सहित सुशीला गौतम सेकेन्ड रनर अप तथा फोटोजेनिक एवं पपुलर अवार्ड सहित अम्बिका गुरुङ थर्ड रनर अप घोषित भए । 

अमेजन इन्टरटेनमेन्टको आयोजना र हिमानी सुब्बाको कोरियोग्राफीमा सञ्चालित प्रतिस्पर्धामा रोशना मास्के बेस्ट वाक, प्रकृति श्रेष्ठ मोस्ट एक्टिभ, आरती थापा मगर बेस्ट स्कीन, रजनी गुरुङ मोस्ट ब्युटीफुल तथा बेस्ट ड्रेस अवार्ड विजेता भए । प्रतियोगितामा विनु राई न्यौपाने इन्नोसेन्ट, कमला पुन मगर मोस्ट चार्मिङ तथा मातृका आले मगर मोस्ट डिसिप्लिन अवार्ड हात पार्न सफल भए ।

 Image