Successfully Copied

लिपिस्टिक प्रयोग गर्नुअघि विचार पुर्‍याऔं

जनस्वास्थ्य तथा वातावरण प्रबद्र्धन केन्द्रले नेपालमै पहिलो पटक विभिन्न दैनिक सौन्दर्य तथा उपभोग्य वस्तुहरूमा खासगरी प्रसाधनका वस्तुहरूमा रसायनसम्बन्धी अनुसन्धानमा आधारित प्रतिवेदन सार्वजनिक गर्दै त्यस्ता समस्याहरूको समाधान पहिल्याउने प्रयास थालेको छ ।

जनस्वास्थ्य तथा वातावरण प्रबद्र्धन केन्द्रले नेपालमै पहिलो पटक विभिन्न दैनिक सौन्दर्य तथा उपभोग्य वस्तुहरूमा खासगरी प्रसाधनका वस्तुहरूमा रसायनसम्बन्धी अनुसन्धानमा आधारित प्रतिवेदन सार्वजनिक गर्दै त्यस्ता समस्याहरूको समाधान पहिल्याउने प्रयास थालेको छ । हालसम्म सौन्दर्यका प्रसाधनमध्ये लिपिस्टिकमा सिसा  (लिड) र छाला गोरो पार्ने क्रिमहरूमा पारो (मर्करी) सम्बन्धी अध्ययन सम्पन्न भएको छ । अध्ययनले धेरैजसोमा यस्तो समस्या औंल्याएको छ । त्यसैले केही स्तरीय वा ब्रान्डेडबाहेक अन्य लिपिस्टिक र क्रिम प्रयोग गर्नुअघि निकै विचार पुर्‍याउनुपर्छ । 

लिड (सिसा) को परिचय

सिसा प्रकृतिमा पाइने नीलो–खैरो रंगको गर्‍हुङ्गो धातु हो । यसको प्रयोग खासगरी घर, फर्निचर, स्कुल, घर रंगाउने रंगहरू, ब्याट्री, धातुका सामानहरू, क्रिस्टलका खाना राख्ने भाँडाहरू, माछा मार्ने बल्छी आदिमा हुँदै आएको छ । हाल आएर सिसाको प्रयोग लिपिस्टिक, क्रिम, गाजल, आदि शृंगारका सामग्रीहरूमा पनि भएको पाइन्छ । यसले जनस्वास्थ्यमा पनि (खासगरी बालबालिका तथा महिलाको स्वास्थ्यमा) नकारात्मक असर गर्छ । 

लिड (सिसा) लिपिस्टिकमा किन प्रयोग गरीन्छ ?

लिपिस्टिकमा नो जीवनकालमाविभिन्न रंगका लिपिस्टिक बनाउन लिडको प्रयोग गरिन्छ । एउटी महिलाले आ करिब ३ किलो लिपिस्टिक खान्छिन् जसमध्ये करिब १ किलो उनको पुरुष साथीले खाने अनुमान गरिन्छ । 

लिड (सिसा) किन हानिकारक छ ?

लिड श्वासप्रश्वास, मुख वा छालाद्वारा हाम्रो शरीरमा पस्छ र यसले विषका रूपमा काम गर्न थाल्छ । लिड हाम्रो शरीरलाई आवश्यक छैन । यसको थोरै मात्राले पनि निकै ठूलो असर गर्छ । उदाहरणका लागि रक्तनलीमा यसले रक्तकोषिकाहरूलाई मार्छ ।

फलस्वरूप विभिन्न अङ्ग तथा तन्तुमा रगतको कमी भएर आवश्यक अक्सिजन पुग्न सक्दैन र रक्त अल्पता हुन्छ । धेरैजसो लिड हाडमा गएर बस्छ र यो वयस्कभन्दा बालबालिकाको हाडमा बढी मात्रामा जम्मा हुन्छ । यसले रक्तकोषिकाको उत्पादनमा कमी ल्याउने तथा हाडलाई चाहिने मात्रामा क्याल्सियम अवशोषित गर्न नदिई त्यसलाई स्वस्थ तथा बलियो रहनबाट रोक्छ । 

सिसाबाट हुने स्वास्थ्य समस्याहरू 

सिसा (लिड) ले मस्तिष्क र स्नायु प्रणालीको विकासमा अवरोध पुर्‍याउँछ । फलस्वरूप बालबालिकामा पढ्ने, लेख्ने र सिक्ने क्षमतामा ह्रास आउँछ । रक्तअल्पता यसको साधारण लक्षण हो । अरू लक्षणहरू जस्तै : पेट दुख्नु, तौल घट्नु, कब्जियत हुनु, टाउको दुख्नु, मन विचलित हुनु, छारे रोग, चिडचिडेपनका साथै अचेत अवस्थामा पुग्ने पनि देखिन्छ । लगातार लामो समयसम्म लिडको सम्पर्कमा आयो भने त्यसले मिर्गौलाको काममा असर पुर्‍याउँछ भने नपुंसक बनाउन पनि सक्छ । छाला गोरो बनाउने क्रिममा पारो निकै बलियो धातु हो । यो प्राकृतिक रूपमै वातावरणमा हुन्छ । यो साधारण तापक्रममा पनि तरल पदार्थमा परिणत हुन्छ । यो छिट्टै पग्लिने हुँदा यसलाई कुइक सिल्भर पनि भनिन्छ । विभिन्न सिएफएल बल्ब, ट्युब लाइटमा यसको प्रयोग गरिन्छ ।

हामीले प्रयोग गर्ने ह्याइटिनिङ क्रिममा मक्युरीको प्रयोग गरिएको हुन्छ । जसलाई मक्युरस क्लोराइड, क्यालोमेल्य मक्युरिक भनी नामकरण गरिएको छ । ह्वाइटिङ क्रिमको प्याकेटमा मक्युरी प्रयोगको उल्लेख गरिएको हुँदैन । मक्युरीले अनुहारमा देखिने प्याचेज तथा रेड पिग्मेन्टेनसलाई केही हदसम्म कम गर्छ । मक्युरीलाई प्राय:जसो अनुहार सफा गर्ने साबुन तथा क्रिममा प्रयोग गरिन्छ । त्यसबाहेक मेकअप क्लिन्जर तथा मस्कारामा पनि यसको प्रयोग हुन्छ । नेपालमा ह्वाटनिङ क्रिम बढी प्रयोग भैरहेको छ ।

मक्युरीले अनुहारको मेलालिनको फर्मेसनमा नुन घोल्छ जसले गर्दा अनुहार केही उज्यालो देखिन्छ । कस्मेटिकहरूमा जैविक तथा अजैविक गरी दुई प्रकारले मक्युरीको प्रयोग गरिएको पाइन्छ ।अहिले जो कोही ह्वाइटनिङ क्रिमप्रति आकर्षित छन् । सबै स्टोरमा विविध प्रकारका ह्वाइटनिङ क्रिम उपलब्ध छन् । कस्मेटिकमा मक्युरी राख्ने काम १९०० तिर प्रारम्भ भएको हो । सुरुमा मक्युरीलाई ब्लिचिङ क्रिममा प्रयोग गरिएको हो । 

  • मक्युरी प्रयोग भएका कस्मेटिकले किड्नीलाई असर पुर्‍याउँछन् । 
  • अनुहार उज्यालो बनाउने उत्पादनले स्किन र्‍यासेज, अनुहारको रंग परिवर्तन आदि समस्या निम्त्याउँछन्। 
  • अनुहारमा विविध प्रकारका इन्फेक्सन पनि देखिन सक्छन् । 
  • यसबाहेक यसको बढी प्रयोगले डिप्रेसन हुनसक्छ । 

( शाह  वातावरण विज्ञ हुन) 

 Image