Successfully Copied

बिल घटाई बचत गरौ

पकाउने काम सुरु गर्नुभन्दा पहिले आफूलाई आवश्यक सबै सामग्री तयार गर्नुपर्छ । यसले गर्दा समय तथा ग्यासको बचत हुन्छ ।

ग्यास

पकाउने काम सुरु गर्नुभन्दा पहिले आफूलाई आवश्यक सबै सामग्री तयार गर्नुपर्छ । यसले गर्दा समय तथा ग्यासको बचत हुन्छ ।चिसो दूध, तरकारी तथा जमाइएका खाद्यपदार्थ पकाउनुभन्दा पहिले एक–दुई घन्टा पहिले फ्रिजबाट निकालेर राख्नुपर्छ । यसको ताप बढेपछि पकाउनुपर्छ ।

खाना सधैं भाँडा छोपेर पकाउनुपर्छ । यसले गर्दा ग्यासको खपत तीन गुना कम हुन्छ । कराही तथा प्यानमा भन्दा प्रेसर कुकरमा खाना तयार गर्नुपर्छ । कुकरमा खाना बनाउँदा समय एवं ग्यासको बचत हुन्छ ।

खाना बनाउँदा आवश्यक मात्रामा पानी हाल्नुपर्छ । बढी पानीको अर्थ ग्यासको अधिक प्रयोग हो । खानालाई बढी पकाउँदा खाद्यपदार्थको पोषण तत्व पनि कम हुन्छ ।तरकारी, दाल तथा मासु उमाल्नुभन्दा त्यसलाई सेमी कुकका लागि माइक्रोवेभ प्रयोगमा ल्याउनुपर्छ । ग्यासको तुलनामा माइक्रोवेभमा चाँडै खाना पाक्छ ।खाना सधैं मध्यम आँचमा पकाउनुपर्छ । किनभने तेज आँचमा खाना डढ्छ । कम आँचमा खाना पकाउँदा ग्यास बढी खर्च हुन्छ ।बारम्बार पानी उमाल्दा तथा चिया बनाउँदा ग्यासको खपत बढी हुन्छ । त्यसैले पानी तथा चिया पकाएर थर्मसमा राख्नुपर्छ ।

जाडोमा पानी उमाल्न ग्यासको ठाउँमा सोलार हिटर प्रयोग गर्नुपर्छ ।खाना बनाउँदा सही साइजको प्यान तथा कराही प्रयोगमा ल्याउनुपर्छ । सानो प्यान प्रयोग गर्दा ग्यास बाहिर जान्छ । आवश्यकताभन्दा ठूला कराही प्रयोग गर्दा कराही तात्न नै समय लाग्छ ।

ग्रिल्ड फुड तयार गर्दा ग्यासको खपत बढ्छ । त्यसैले यस्ता परिकार तयार गर्दा टोस्टर वा ओभन प्रयोग गर्नुपर्छ ।बर्नरबाट पहेंलो आगो आएको छ भने बर्नर सफा गर्नुपर्छ । समय–समयमा रेगुलेटर, पाइप तथा बर्नर परीक्षण गर्नुपर्छ । ग्यास लिग भएको छ भने रेगुलेटर, पाइप एवं बर्नर परिवर्तन गर्नुपर्छ । ग्यासको सर्भिसिङ नियमित रूपमा गराउनुपर्छ ।

वासिङ मेसिन

कपडाको टाइपअनुसार टाइमर प्रयोगमा ल्याउनुपर्छ । वासिङ मेसिनमा कपडा धुन सधैं चिसो पानी प्रयोग गर्नुपर्छ ।फोहोर कपडालाई केही समय तातोपानी र साबुनमा भिजाएर मेसिनमा टाइमर लगाएर धुनुपर्छ । मेसिनको क्षमताअनुसार कपडा धुनुपर्छ । बढी लोड हुनेबित्तिकै बिजुलीको खपत पनि बढी हुन्छ । हलुका तथा गरौं कपडालाई अलग–अलग धुनुपर्छ । किनभने दुवै कपडा सफा गर्न अलग–अलग टाइमर आवश्यक हुन्छ । चिसो पानीमा कपडा धुँदा बिजुली बचत गर्न सकिन्छ । कपडा धुँदा मेसिनमा सही मात्रामा सर्फ प्रयोग गर्नुपर्छ ।

दिनहुँ धुनुपर्ने कपडालाई कम तापक्रममा धुनुपर्छ । कपडा रिंज गर्दा तातोपानीको सट्टा चिसो पानीमा धुनुपर्छ ।कपडालाई ओभर ड्राइ गर्नु हुँदैन । केही चिसो कपडालाई सुकाउनु उत्तम हुन्छ ।मेसिन अटो ड्रायरमा छ भने टाइमर लगाउनुपर्छ । गर्मीमा कपडा इलेक्ट्रिक ड्रायरले भन्दा घाममा सुकाउनु राम्रो हुन्छ ।वासिङ मेसिन १० वर्ष पुरानो छ भने त्यसलाई परिवर्तन गरी नयाँ वासिङ मेसिन खरिद गर्नुपर्छ । पुरानो मेसिनले बढी ऊर्जा खपत गर्छ ।

रेफ्रिजरेटर

रेफ्रिजरेटरलाई समय–समयमा डिफ्रोस्ट गर्नुपर्छ । यसले फ्रिजको कार्यशक्ति बढाउँछ ।फ्रिजको ढोका बारम्बार खोल्नु हँुदैन ।फ्रिजको ढोका बढी समयसम्म खोल्नु हुँदैन किनभने यसले फ्रिजको कुलिङलाई असर पुर्‍याउँछ ।

फ्रिजको ढोकाको एअर टाइट सिललाई समय–समयमा जाँच गर्नुपर्छ ।बढी तातो खाना फ्रिजमा राख्नु हँुदैन ।फ्रिजमा खाद्यपदार्थ सधैं छोपेर राख्नुपर्छ किनभने खाद्यपदार्थबाट निस्कने चिसोपनले कम्प्रेसरलाई असर पुर्‍याउँछ । फ्रिज तथा भित्ताबीचको दूरी पर्याप्त हुनुपर्छ ।

एअर कन्डिसनर

एसीमा रहेका डर्टी फिल्टरले यसको कार्यक्षमतालाई असर पुर्‍याउँछ । जसले गर्दा ऊर्जा बढी खपत हुन्छ । त्यसैले महिनामा एकपटक एसी फिल्टरलाई राम्रोसँग सफा गर्नुपर्छ ।आवश्यकताअनुसार फिल्टरको रिपेयर तथा रिप्लेस गर्नुपर्छ ।एसीको थर्मोस्टेटलाई कम राख्नुपर्छ वा थर्मोस्टेटलाई अटो सेट गरेर एनर्जी सेभ गर्न सकिन्छ । झ्याल–ढोका राम्रोसँग बन्द गरी एसी चलाउनुपर्छ ।

झ्यालमा हल्का रंगको पर्दा लगाउनुपर्छ । सूर्यको तेज किरण भित्र आउन रोक लगाउनुपर्छ ।एसी चलाएका बेला पंखा चलाउँदा कोठा आवश्यकताभन्दा बढी चिसो हुन्छ ।एअर कन्डिसन जडान गर्दा सीधै घाम आउने ठाउँमा राख्नु हुँदैन । एसी छाया भएको ठाउँमा राख्नुपर्छ ।

एसीलाई सामान्यभन्दा बढी चिसो तापक्रममा सेट गर्नु हुँदैन । यसले बिजुली खपत बढाउँछ । एसीको थर्मोस्टेटलाई टिभी तथा ल्याम्पको नजिक राख्नु हुँदैन । कोठाको तापक्रम कम गर्न सिएफएल बल्ब प्रयोगमा ल्याउनुपर्छ । नियमित रूपमा एसीको सर्भिसिङ तथा कुलिङ सिस्टम जाँच गराउनुपर्छ । यसले एसीको आयु बढाउनुका साथै ऊर्जा पनि बचत गर्छ ।

डिस वासर

डिस वासरको बिलको रकममा कमी ल्याउन यसको एनर्जी कस्ट कम गराउनुका साथै हिटिङ तापक्रममा कमी ल्याउनुपर्छ ।मेनुअल बुकमा बताइएको वाटर टेम्प्रेचर नै प्रयोग गर्नुपर्छ । डिस वासरमा बढी डिस हाल्नु हुँदैन । किनभने यसले वासरको वास साइकलमा अतिरिक्त भार पार्छ ।

डिस वासरमा फोहोर भाँडा राख्नुभन्दा पहिले त्यसलाई हलुका पखाल्नुपर्छ । यसले पानी तथा बिजुली दुवैको बचत गराउँछ ।

ओभन

माइक्रोवेभमा खाना बनाउँदा त्यसको ढोका राम्रोसँग बन्द गर्नुपर्छ । ढोका राम्रोसँग बन्द गरिएन भने खाना बनाउन बढी समय लाग्छ । खाद्यपदार्थको अवस्था जाँच गर्न ओभनको ढोका बारम्बार खोल्नु हुँदैन । यसो गर्दा भित्रको तापमानमा ह्रास आउँछ । ब्रेड र पेस्ट्री बेक गर्न ओभनलाई प्रि हिट नगरी सीधा बेक गर्नुपर्छ ।

कम्प्युटर

कम्प्युटरमा काम गरेपछि पावर स्वीच अफ गर्नुपर्छ । किनभने फ्रिजको तुलनामा कम्प्युटरमा बढी बिजुली खपत हुन्छ ।

कम्प्युटरमा काम गर्दागर्दै बीचमा ब्रेक लिने भए मनिटर अफ गर्नुपर्छ । कम्प्युटरलाई स्लिप मोडमा राख्नुभन्दा पहिले त्यसलाई सट डाउन गर्नुपर्छ । डिजिटल क्यामेरा, सेलफोन, मोबाइल तथा ल्यापटपको ब्याटरी चार्ज गरेपछि स्वीच अफ गर्नुपर्छ ।

 Image