Successfully Copied

कोल्ड एण्ड कफ इन विन्टर

रुघाखोकीलाई प्राय: मानिसले गम्भीरतापूर्वक लिँदैनन् र लापरबाही गर्छन् । यद्यपि यही समस्या बढेर खतरनाकसमेत हुनसक्छ ।

रुघाखोकीलाई प्राय: मानिसले गम्भीरतापूर्वक लिँदैनन् र लापरबाही गर्छन् । यद्यपि यही समस्या बढेर खतरनाकसमेत हुनसक्छ । त्यसैले समयमै सावधानी अपनाउनु उपयुक्त हुन्छ । 

लक्षण 

  • बन्द वा बग्दो नाक ।
  • हाछ्युँ आउनु ।
  • घाँटीमा पीडा ।
  • हल्का ज्वरो ।
  • जिउ र शिरमा पीडा ।
  • भोकको कमी ।
  • अनिद्रा एवं बेचैनी ।

कारण 

  • तारेको वा भुटेको खाना बढी खानु ।
  • कोल्ड ड्रिङ्क्स पिउनु ।
  • मौसममा परिवर्तन पनि कफ, कोल्ड हुनुको एउटा कारण हो । 
  • भोजन सही ढंगले नपचेको स्थितिमा त्यो म्युकस टक्सिनमा परिवर्तन हुन्छ र श्वासतन्त्रमा पुगेर कफ उत्पन्न गर्छ । 
  • चिसो हावामा घुम्नु वा पानीमा भिज्नु पनि रुघाको कारण बन्छ । 

के नखाने ?

  • कोल्ड फुड एण्ड ड्रिङ्क्स ।
  • आइसक्रिम, स्वीट्स तथा फ्राइड फुड्स ।
  • पनिर, क्रिम एवं दही ।
  • स्वीट र कोल्ड फ्रुट जुस ।
  • पेस्ट्रिज र केक ।

के नगर्ने ?

  • दिउँसो नसुत्ने ।
  • चिसो पानीले ननुहाउने ।
  • चिसोमा ऊनीका कपडा लगाएर मात्र बाहिर निस्कने ।
  • चिसो हावा, पंखा वा एसीको सम्पर्कमा नरहने ।

के खाने 

  • तरकारी र दाल ।
  • भेजिटेबल सूप ।
  • हर्बल टी ।
  • तातो दूधमा अदुवा मिसाएर खाने ।
  • आधा चम्चा बेसार मिसाएर दूध पिउने ।

उपचार विधि

  • रुघा र कफ भएका बेला बाफ लिए राहत प्राप्त हुन्छ । विशेषगरी जब छातीमा कफ फसेको महसुस हुन्छ । 
  • बजारमा उपलब्ध आयुर्वेदिक कफ सिरप पनि लाभदायक साबित हुन्छन् ।
  • आधा चम्चा अदुवाको रसमा आधा चम्चा मह मिसाएर दिनमा तीन पटक खानुपर्छ । जाडो मौसममा यसमा एक चम्चा तातो पानी मिसाउन सकिन्छ । 
  • एक चम्चा कागतीको रस र एक चम्चा महमा आधा कप मनतातो पानी मिसाएर पिउनुपर्छ । यसलाई दिनमा अनेकौं पटक सेवन गर्न सकिन्छ । यसबाट जाडोमा राहत प्राप्त हुन्छ । 
  • अदुवाको एउटा सानो टुक्रामा नुन हालेर खाँदा पनि कोल्ड एण्ड कफमा लाभ मिल्छ । 

 Image