Successfully Copied

सम्झना र महेशलाई अल्टिमेट मोडल नेपालको उपाधि

बिहीबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा सम्पन्न मोडलिङ प्रतियोगितामा महेश महरा र सम्झना तमखुले मुख्य उपाधिमा आफ्नो दर्ता गराउन सफल भएका छन् । आफ्ना १२ प्रतिस्पर्धीलाई पछाडि पार्दै विजेता बनेका महेशले वेष्ट फिजिक तथा पब्लिक च्वाइस विधाको अवार्ड पनि उचालेका थिए ।

अन्य ८ प्रतिस्पर्धी भन्दा आफूलाई अब्बल सावित गरेकी सम्झनाले वेष्ट पर्सनालिटी र वेष्ट वाकको उपाधि पनि आफूलाई पार्न सफल साबित भइन् । प्रतियोगितामा रोहन महरा र मन्जु खड्का फस्ट रनर अप तथा किरन श्रेष्ठ र सुमि बानियाा सेकेन्ड रनर अप विजेता चयन गरिएका थिए । 

क्रिजोना मिडिया ग्रुपको आयोजनामा सम्पन्न यस प्रतिस्पर्धामा हिरा राई वेष्ट फिगर विजेता बनिन् भने रोहन महरा र सुमि बानियाा क्रमश: मोस्ट ह्यान्डसन र ब्युटिफुल चयन भए । यसैगरी ट्यालेन्टमा युवराज रिसाल र स्मृति सापकोटा, पब्लिक च्वाइसमा मन्जु खड्का, पर्सनालिटी र वेष्ट वाकमा बबिन बज्राचार्य, मल्टिमिडिया च्वाइसमा स्मृति सापकोटा, फोटोजेनिकमा भुवन श्रेष्ठ र सबिता बल विजयी भएका थिए । केही आकर्षक नृत्यहरुले मनोरञ्जनपूर्ण बनेको यस प्रतियोगितालाई सनिश शाक्य र सोनी खड्काले कोरियोग्राफी गरेका थिए ।

 Image