Successfully Copied

पिज्जाको इतिहास र लोकप्रियता

मोर्डन पिज्जा दुई हजार वर्षअघि नै रोमन सैनिकहरूले चीज तथा ओलिभ आयल हालेर खान थालेको पाइन्छ तर पिज्जा शब्दको प्रयोग भने १० औं शताब्दीदेखि भएको हो ।

मोर्डन पिज्जा दुई हजार वर्षअघि नै रोमन सैनिकहरूले चीज तथा ओलिभ आयल हालेर खान थालेको पाइन्छ तर पिज्जा शब्दको प्रयोग भने १० औं शताब्दीदेखि भएको हो । १९ औं शताब्दीतिर मासु, भेजिटेबल एवं चीज आदि हालेर तयार पारिएको पिज्जाको इतिहास हेर्ने हो भने यो इटलीबाट विकसित परिकार हो जुन विश्वभर रुचाइने परिकारमा पर्छ ।

सन् १८८९ मा रानी मार्गरिताका लागि बनाइएको विशेष पिज्जा पछि मार्गरिता पिज्जाका नाममा चर्चित भयो । पिज्जा नेपालमा पनि म:म, चाउमिनपछि बढी खाइने परिकारका रूपमा विकसित हुँदैछ । बनाउन, खान सजिलो पिज्जा हरेक उमेर समूहले रुचाउने स्वस्थकर परिकार हो । हिजोआज पिज्जामा मैदाको साटो आटा तथा पालकलाई पिसेर डो बनाई खान थालिएको छ । पिज्जा घरमा पनि सजिलै तयार गर्न सकिन्छ । नेवारी परिकार चटामरी पनि पिज्जाजस्तै एक किसिमको परिकार हो जुन चामलको पिठोबाट तयार गरिन्छ ।

रुचाइएका पिज्जा

क्यालिफोर्निया पिज्जा, सिकागो स्टाइल पिज्जा, चकलेट पिज्जा, इरानीयन पिज्जा, ग्रिक पिज्जा, ह्वाइन पिज्जा, मिटबल पिज्जा, मेक्सिकन पिज्जा, सुसी पिज्जा, मसरुम पिज्जा, सलामी पिज्जा, ससेज पिज्जा, मार्गरिता पिज्जा आदि ।

 Image