Successfully Copied

चिकेन स्लाइडर

ओभनलाई १७० देखि १८० डिग्रीमा राखेर तेल हाल्ने । चिकेनलाई दुवै साइजबाट नुन, मरिच, ब्राउन सुगर, खुर्सानीको धूलो, खुर्सानीको खस्रो धूलो बराबरी हालेर ४ मिनेट ओभनमा राख्ने ।

   

सामग्री :  छाला र हड्डी नभएको चिकेन २ सय ग्राम, भेजिटेबल ओयल १ चम्चा, नुन र कालो मरिच स्वादअनुसार, डार्क ब्राउन सुगर १ चम्चा, भेंडेखुर्सानीको धूलो २ चम्चा, खस्रो गरी पिसेको सुकेको खुर्सानीको धूलो आधा चम्चा, हट सस १ कप, सानो साइजका बम ६ वटा, रन्च ड्रेसिङका लागि, ब्लु चिज एक कप, सलादका पात र गोलभेंडाको स्लाइस सर्भका लागि ।

विधि : ओभनलाई १७० देखि १८० डिग्रीमा राखेर तेल हाल्ने । चिकेनलाई दुवै साइजबाट नुन, मरिच, ब्राउन सुगर, खुर्सानीको धूलो, खुर्सानीको खस्रो धूलो बराबरी हालेर ४ मिनेट ओभनमा राख्ने । त्यसमा हट ससले मेरिनेट गरेर एकछिन ओभनमा राखेर बाहिर निकाल्ने । चिकेन पाकेपछि एकछिन सेलाउन दिने । बमलाई आधा बनाई बर्गरमा जस्तै रन्च, ब्लु चीज, गोलभेंडा, सलादका पात हालेर सर्भ गर्ने । यो जर्मनीमा बढी रुचाइने परिकारमध्ये एक हो ।

 Image