Successfully Copied

घरपालुवामा स्तन क्यान्सर

घरपालुवामा अस्वाभाविक रूपले स्तन बढ्नु वा गाँठो पर्नु ट्युमर अथवा क्यान्सरको लक्षण हुनसक्छ । बिरालोमा कम देखिने यो समस्या कुकुरमा व्यापक रूपमा देखिन्छ । समयमै उपचार नगरे कतिपय स्तनक्यान्सर शरीरका अन्य भागमा पनि फैलनसक्छ । स्तनक्यान्सर खासगरी वृद्ध घरपालुवामा लाग्ने सम्भावना उच्च हुन्छ

घरपालुवामा अस्वाभाविक रूपले स्तन बढ्नु वा गाँठो पर्नु ट्युमर अथवा क्यान्सरको लक्षण हुनसक्छ । बिरालोमा कम देखिने यो समस्या कुकुरमा व्यापक रूपमा देखिन्छ । समयमै उपचार नगरे कतिपय स्तनक्यान्सर शरीरका अन्य भागमा पनि फैलनसक्छ । स्तनक्यान्सर खासगरी वृद्ध घरपालुवामा लाग्ने सम्भावना उच्च हुन्छ ।

के कारणले हुन्छ ?

स्तनक्यान्सर हुने कारक तत्व यकिन गर्न सजिलो हुँदैन । बन्ध्याकरण नगरिएका घरपालुवामा बढी देखिने हुनाले यसमा हार्मोन्सको असन्तुलन बढी जिम्मेवार देखिन्छ । साथै विगतमा गरिएको हार्मोन्सको उपचारले पनि स्तनक्यान्सर निम्त्याउन सक्छ भने यो वंशानुगत कारणले पनि हुनसक्छ ।

कसरी पत्ता लगाउने ?

घरपालुवाको स्तन अस्वाभाविक रूपले बढ्दै जानु, छाम्दा कडा हुनु तथा गिर्खाहरू देखिनु, पिप बग्नु ट्युमर तथा क्यान्सरको सुरुवात हुनसक्छ । यो समस्या एकै पटकमा धेरै स्तनमा अथवा एउटामा मात्र देखापर्न सक्छ । पशुचिकित्सकको सल्लाहअनुसार ल्याव टेस्ट गरी समस्या क्यान्सर हो कि ट्युमर यकिन गर्न सकिन्छ ।

उपचार कसरी हुन्छ ?

समयमा रोग पत्ता लगाएर शल्यक्रिया गरी यो समस्या समाधान गर्न सकिन्छ । शल्यक्रियाअघि घरपालुवाको रगत जाँच तथा एक्सरे गराउनु आवश्यक हुन्छ । शल्यक्रियासँगै कतिपय घरपालुवामा रेडियो थेरापी, केमोथेरापीको पनि आवश्यकता पर्नसक्छ । यस्तो समस्या दोहोरिन नदिन घरपालुवा जनावरको पाठेघरसमेत निकाल्नुपर्ने हुन्छ ।

कसरी जोगिने ?

घरपालुवालाई स्तन ट्युमर तथा क्यान्सरबाट जोगाउने सबैभन्दा प्रभावकारी उपाय हो–आफ्नो घरपालुवाको पाठेघर एक वर्षभन्दा कम उमेरमा शल्यक्रिया गरी निकाल्न लगाउने । यसबाट घरपालुवालाई स्तनक्यान्सर तथा ट्युमरबाट धेरै हदसम्म जोगाउन सकिन्छ ।

डा.शरद सिंह यादव, एडभान्स्ड पेट हस्पिटल, विशालनगर, काठमाडौं

 Image