Successfully Copied

दुलहीको रूपमा निखार

रूप–रंग र ब्राइडल मेकअप थिम एक–अर्कामा मेल खाए मात्र उत्कृष्ट दुलही तयार गर्न सकिन्छ ।

रूप–रंग र ब्राइडल मेकअप थिम एक–अर्कामा मेल खाए मात्र उत्कृष्ट दुलही तयार गर्न सकिन्छ ।

अनुहार : मेकअपमा बेस सबैभन्दा महत्वपूर्ण हुन्छ । अनुहारको बेस तयार गर्नुअघि क्लिन्जिङ अनिवार्य हुन्छ ताकि अनुहार पूर्णरूपले सफा होस् र त्यसमा बेस राम्रो तरिकाले लाग्न सकोस् । सबैभन्दा पहिले फेस क्लिन्जरले अनुहार सफा गर्ने । गर्मी मौसम छ भने अनुहारमा पसिना आइरहने हुनाले मेकअप फिक्सर स्प्रे अनिवार्य रूपमा गर्नुपर्छ । त्यसपछि टिस्यु पेपरले हल्का पुछ्दै अनुहार सुकाउने । यसबाट अनुहारको छालाको छिद्र खुल्छ र त्यसलाई बन्द गर्न गुलाबजलले अनुहारको टोनिङ गर्ने । यसबाट खुलेका छिद्र बन्द हुन्छन् । त्यसपछि अनुहारमा मोइस्चराइजर लगाउने ।

अनुहारमा मोइस्चराइजर लगाएर मसाज गर्नुहुँदैन, हातले सामान्य ढंगले प्रयोग गर्नुपर्छ । त्यसपछि फाउन्डेसनबाट बेस बनाउने । फाउन्डेसन बेस तयार गर्नुभन्दा पहिले आफ्नो स्किन टोन थाहा हुनुपर्छ । फाउन्डेसन लगाएपछि ब्रसले राम्रोसँग मिक्स गर्ने । मेकअपका लागि सही ब्रस प्रयोग गर्ने विषयमा पनि विशेष ध्यान पुर्‍याउने । गिलो प्रोडक्ट जस्तै फाउन्डेसन, लाइनर आदि लगाउन सधैं सेन्थेटिक ब्रस तथा सुक्खा प्रोडक्ट जस्तो ब्लसर, आइस्याडो वा पाउडर लगाउन ओरिजिनल हेयर ब्रस प्रयोग गर्नुपर्छ । 

आइ मेकअप : बेस बनाएपछि कालो रंगको पेन्सिलको सहयोगले आइब्रोलाई कालो बनाउने । त्यसपछि कालो भएको आइब्रोमाथि एकपटक टुथपिक चलाउने, ताकि आइब्रो दुवै एकैजस्तो लागोस् । आइब्रोमा एकसमानले पेन्सिल चलाउनुपर्छ । मेकअप गर्दा जहाँ रौ हुुँदैन त्यहाँ बढी कलर लगाउनुहुँदैन । यस्तो गल्ती गर्दा आइब्रो समान देखिँदैन ।

एलिगेन्ट लुकका लागि आँखामा सिल्भर गाजल लगाउने । त्यसपछि आइबेस लगाउने । आँखामा हल्का पिंक सेडको स्याडो लगाउन सकिन्छ । धेरैको आइल्यासेज ठूलो हुँदैन, त्यसकारण आर्टिफिसियल आइल्यासेज लगाउने । अहिले दुलहीमा लेन्सको फेसन आएको छ । लेन्स लगाइएको छ भने जस्तो कलरको पहिरन छ त्यही रंगको आइस्याडो लगाउनुहुँदैन । आइ मेकअप र पहिरनसँग म्याच गर्ने लेन्स लगाइयो भने आँखा राम्रो र आकर्षक देखिँदैन । लेन्स फरक कलरको लगाइयो भने लुक्स आकर्षक देखिन्छ । 

हेयर स्टाइल : केशलाई राम्रोसँग कोरेर थोरै–थोरै अंश लिएर रोल गर्ने । त्यसपछि केही समयका लागि केशलाई त्यत्तिकै छाडिदिने । त्यसपछि क्राउन एरियामा स्टफिङ अनि पिन लगाई केशमा हेयर स्प्रे गर्ने । अब अगाडिको साइडबाट सिउादो निकाल्ने र साइडको केशलाई राम्रोसँग घुमाएर स्टफिङसागै पिनले जोडिदिने । अर्को साइडको केशमा पनि यसै गर्ने ।

बीचमा बचेको केशलाई थोरै–थोरै लिएर ट्वीस्ट गर्ने र पफमाथि घुमाउने । अब पछाडिको सबै केशलाई माथि उठाएर तल क्लिप लगाउने र केशलाई एउटा गुच्छाको लुक्स दिने । त्यसपछि फेरि एकपटक हेयर स्प्रे गर्ने ताकि हेयर स्टाइल चाँडै सेट होस् । अन्त्यमा हेयर एसेसरिजले केश सजाउने । 

ओठ : आँखामा हल्का मेकअप गरिएको छ भने ओठमा पनि हल्का रंग नै प्रयोग गर्नुपर्छ । दुलहीलाई सोबर देखाउन पिंक कलरको लिप लाइनरले ओठको आउटलाइन तयार गर्ने । त्यसपछि लिपिस्टिक लगाउने । गालामा पनि पिंक रंगकै ब्लसर लगाउँदा अझ बढी खुल्छ । 

अरेबियन ओवरलेपिङ : अरेबियन ओवरलेपिङका लागि केशलाई राम्रोसँग समेट्ने, ताकि हेयर स्टाइल बनाउने क्रममा केशले नअल्झाओस् । सबैभन्दा पहिले कानदेखि कानसम्म पार्टिसन गर्ने । त्यसपछि क्राउन एरियाबाट  थोरै केश लिएर राम्रोसँग बाट्ने । अब त्यसमा स्टफिङ राखेर केशलाई अघिल्तिर रोल गरी पिन लगाउने । त्यसपछि अगाडिको केशमा सेन्टर पार्टिङ निकाल्ने र एक–एक लेयर लिएर ओवरलेपिङ गर्ने अर्थात् दाहिनेतिरको केशलाई बायाँतर्फ र बायाँतर्फको केशलाई दायाँतर्फ ल्याएर पिन लगाउने । यसका साथै पछाडिको केशको थोरै–थोरै लेयर लिएर ट्वीस्ट गर्ने र त्यहाँ पनि पिन लगाउने । अन्त्यमा हेयर एसेसरिजले केश सजाउने ।

 Image