Successfully Copied

स्पाइसी कप नुडल्स सुप

भुटुका ममचा, बन्दिपुरे चिकेन, चिकेन कुरकुरे तथा सुकुटी पारखीहरूले बढी रुचाएका छन् ।

टिपिकल स्वादका लागि ए वान भुटु ,सेफ लक्ष्मी महर्जन

रेस्टुरेन्टहरूको भीडमा लाजिम्पाटस्थित भुटु रेस्टुरेन्टले फरक पहिचान बनाएको छ । नेवारी भाषामा भुटुको अर्थ चुल्हो हुन्छ । यो ६ वर्षअघि डिजे राजुले नेवारी तथा टिपिकल नेपाली परिकारलाई प्राथमिकतामा राख्दै सञ्चालनमा ल्याएको रेस्टुरेन्ट हो ।  यहाँ सबैजसो नेवारी परिकार उपलब्ध छन् । अहिले त्यसमा नयाँ–नयाँ परिकारसमेत थप भएका छन् । भुटुका ममचा, बन्दिपुरे चिकेन, चिकेन कुरकुरे तथा सुकुटी पारखीहरूले बढी रुचाएका छन् ।  

स्पाइसी कप नुडल्स सुप

सामग्री : इच्छाअनुसार फ्रेस भेजिटेबल्स् (बन्दा, काउली, गाजर, भेंडेखुर्सानी, सिमी आदि), सेतो मरिच २ ग्राम, चिकेनको हड्डी उसिनेर तयार पारिएको स्टक ‘चिकेन हड्डी सुप’ ५ सय ग्राम, नुडल्स सय ग्राम, चिकेन ५० ग्राम , बटर १० ग्राम, लसुन १ पोटी, चिल्ली सस स्वादअनुसार ।

विधि : चिकेनको हड्डी राम्रोसँग उसिनी हड्डी छानेर सुप मात्र निकाल्ने । बटर हालेर लसुन भुट्ने ।त्यसमा सुप हालेर चिकेन तथा भेजिटेबल्स हाली पकाउने । त्यसमा उसिनेको नुडल्स मिसाएर माथिबाट चिल्ली ससले टप गर्ने । यो जाडो मौसमका लागि उपयुक्त परिकार हो ।

 Image