Successfully Copied

वार्डरोबको मेकओभर

एकै खालका पहिरन लगाउँदा–लगाउँदा दिक्क भए पनि पसलमा पहिरन छान्दा फेरि त्यस्तै खालका पहिरन किन्न पुगिन्छ ।

एकै खालका पहिरन लगाउँदा–लगाउँदा दिक्क भए पनि पसलमा पहिरन छान्दा फेरि त्यस्तै खालका पहिरन किन्न पुगिन्छ । यो डिजाइन, यस्तो कलर आफूलाई सुहाउँछ भन्ने मान्यताका कारण धेरै मानिस पटक–पटक त्यस्तै खालको गेटअपमा हिँडिरहेका हुन्छन् । जसमा आफूलाई नयाँ लुक्स र स्टाइलमा देखाउने मन छ उनीहरूले सबैभन्दा पहिले आफ्नो सोच परिवर्तन गर्नुपर्छ । अरु डिजाइन तथा कलरमा पनि आफूलाई प्रयोग गर्नुपर्छ । त्यसका लागि वार्डरोबको मेकओभर अत्यन्त जरुरी छ । स्पेशल र स्टाइलिस्ट लुक्सका लागि वार्डरोब मेकओभरले ठूलो सहयोग पुर्‍याउँछ ।

ब्याग  

हरेकले ब्याग खरिद गर्दा कालो, सेतो तथा गोल्डेन रंगलाई प्राथमिकता दिन्छन् । यी रंग जस्तोसुकै पहिरनमा पनि सुहाउने सोचले यस्ता ब्याग कलेक्ट गरिन्छ । नयाँ चाहनेहरूले यी रंगका साथमा रातो, हरियो, नीलो, पहेंलो आदि ब्राइट कलरका फेसनेबल, ट्ेरन्डी तथा बोल्ड प्याटर्नका केही स्टाइलिस्ट ब्याग तथा पर्स खरिद गर्नुपर्छ । जुत्तासँग म्याच गर्ने ब्याग पनि प्रयोग गर्नुपर्छ । अहिले ब्राइट कलरका ठूला ब्याग फेसनमा छन् । त्यसैले यसलाई पनि आफ्नो कलेक्सनमा राख्न सकिन्छ । यसरी नै क्लच, पोटली ब्याग, स्लिङ ब्याग पनि आफ्नो कलेक्सनमा राख्नुपर्छ । 

आउटफिट 

सबैको आ–आफ्नै च्वाइस हुन्छ, खानपान, रहनसहनदेखि पहिरनमा पनि आ–आफ्नै स्टाइल हुन्छ । त्यसैले पनि सबैले आ–आफ्नै किसिमका आउटफिट लगाइरहेका हुन्छन् । यद्यपि कतिपय अवस्थामा नयाँ पहिरन लगाउँदा पनि न्यू लुक प्राप्त हुँदैन । कुनै नयाँ परिहन किन्दा पुरानो आउटफिटसँग मिल्ने किन्नुभन्दा फरक स्टाइलकै पहिरन छान्नुपर्छ । तुरुन्त कुनै पार्टीमा जानु छैन भने पनि एक–दुईवटा स्टाइलिस्ट पार्टी वेयर किनिराख्नु उपयुक्त हुन्छ । कहिलेकाहीँ अचानक पार्टीमा जानुपर्दा पनि आफूसँग भएको पार्टिवेयर वेस्ट आउटफिट साबित हुन्छ । अफिसका मिटिङ, प्रिजेन्टेसन आदिका लागि केही ट्ेरन्डी फर्मल वेयर आफ्नो दराजमा राख्नुपर्छ । यसले लास्ट मिनेटमा के लगाउने भन्ने टेन्सन हुन दिँदैन । 

ज्वेलरी 

नियमित लगाउन स्मार्ट तथा लाइट ज्वेलरी उपयुक्त हुन्छन् जसलाई अफिस जाँदा पनि लगाउन सकिन्छ । ट्ेरन्डी लुक्सका लागि चंकी ज्वेलरी पनि कलेक्सनमा राख्न जरुरी छ । विवाह पार्टीका लागि टिपिकल सुनका गहना लगाउनुको साटो एन्टिक गोल्ड, प्लेटेनियम, डायमण्ड वा मोतीका गहना लगाउँदा लुक रिच  देखिन्छ । त्यसैले यस्ता गहना पनि आफ्नो कलेक्सनमा राख्नुपर्छ । 

फुटवेयर 

ब्यागजस्तै फुटवेयरमा पनि कालो, सेतो तथा गोल्डेन आदि बेसिक कलरको साटो ट्ेरन्डी एवं कलरफूल रंगलाई प्राथमिकतामा दिनुपर्छ । सिल्भर, रेड, ग्रिन, ब्लु, एल्लो, पर्पलजस्ता कलर एवं प्रिन्टेड फुटवेयर पनि आफ्नो सुज र्‍याकमा राख्नुपर्छ । पार्टीमा हाइ हिल जुत्ता उपयुक्त हुन्छन् भने नियमित प्रयोग तथा अफिस वेयरका लागि सजिला तथा ट्ेरन्डी जुत्ता उपयोगी मानिन्छन् । फुटवेयर कलेक्सनमा सुपर स्टाइलिस्ट बुट पनि समावेश हुनुपर्छ ।

स्मार्ट आइडिया 

स्टाइलिस्ट लुक्सका लागि फूल लेन्थ ट्राउजर लगाउनुको साटो एंकल लेन्थको ट्राउजर वा पाइन्ट लगाउन सकिन्छ   । त्यस्तै फूल लेन्थ पेन्सिल स्कर्टको साटो निलेन्थ पेन्सिल स्कर्ट लगाउँदा आकर्षक देखिन्छ । टिपिकल कुर्ता–सुरुवाल नलगाई लङ कुर्तासँग प्लाजो वा सिगरेट पाइन्ट लगाउनुपर्छ । यो आउटफिटका साथमा ट्ेरन्डी नेकपिस, स्टोन, बेल्ट आदि लगाई सुपर स्टाइलिस्ट देखिन सकिन्छ । ग्ल्यामर लुक्सका लागि स्पेगेटी, कोर्सेट सर्ट ब्लाउज, ज्याकेट आदिका साथमा साडी लगाउन सकिन्छ । 

 Image