Successfully Copied

रत्न परीक्षण गर्न ४ सी

रत्नको सुन्दरताले सबैलाई आकर्षित गर्छ

प्राचीन कालदेखि नै विशेष चमकका कारण गर्दा रत्न सबैको मनमा बस्दै आएको पाइन्छ । यसलाई निकै सम्मानपूर्वक धारण गरिन्छ । रत्नको सुन्दरताले सबैलाई आकर्षित गर्छ । ज्योतिषीय विश्वास तथा सौन्दर्यका लागि लगाइने रत्न हिजोआज जीवनशैलीको महत्वपूर्ण हिस्सा बनेको छ । त्यसमा पनि हीरा सबैभन्दा चलेको रत्न हो । फेसनका पारखीहरू हीराका अतिरिक्त अन्य रत्न पनि उत्तिकै महत्वका साथ धारण गर्छन् । यस्ता रत्नको गुणस्तर पहिचान गर्ने विभिन्न उपाय छन् । 

४ सीले तय गर्छ शुद्धता 

हीरालाई जस्तै अन्य रत्नको शुद्धतालाई पनि ४ सी अर्थात् कलर, कट, क्यारेट तथा क्लियरिटीका आधारमा मापन गर्न सकिन्छ । 

कलर 

हरेक रत्नको विशेष रंग हुन्छ जसलाई शुद्धताको महत्वपूर्ण आधार मानिन्छ । रत्नको रंग गाढा हुनुका साथै चम्किलो पनि हुनुपर्छ । 

कट 

रत्न खरिद गर्नुभन्दा पहिले त्यो सन्तुलित छ कि छैन यकिन गर्नुपर्छ । यसको सबै कोणबाट समान प्रकाश आउनु जरुरी छ । 

क्लियरिटी 

यसको निर्माण भूमिको उच्च तापमान तथा दबाबको अवस्थामा हुन्छ । पारदर्शी रत्नको मूल्य बढी हुन्छ । यसमा कुनै विशेष पदार्थ समाहित हुन्छ । 

क्यारेट

क्यारेट ठूलो आकारमा निकै कम मात्रामा पाइन्छ । तीन क्यारेटभन्दा ठूला एमरेल्ड, रुबी र सफायरजस्ता जेमस्टोन बिरलै पाइन्छन् । एमेथिस्ट र तुरमलीनजस्ता जेमस्टोन ठूला आकारमा उपलब्ध हुन्छन् । 

विभिन्न रत्न तथा तिनका विशेषता  

हीराको शुद्धताको पहिचान यसको ४ सीका आधारमा गरिन्छ । साना हीरा ठूला हीराभन्दा महँगा तथा शुद्ध मानिन्छन् । सानो सफायर हीरा अरू हीराको तुलनामा महँगो हुन्छ ।

पन्ना

पन्ना हरियो तथा नीलो मिश्रित हरियो देखिन्छ । पन्ना पाइने ठाउँ त्यसको गुणस्तर आँकलन गर्न निकै उपयोगी मानिन्छ । यसको खानी विशेषगरी ब्राजिल, जिम्बाब्बे र जाम्बियामा छ । कोलम्बियाको पन्ना सबैभन्दा उत्कृष्ट मानिन्छ । 

गोमेद 

गोमेद ऐतिहासिक रत्न मानिन्छ । यसको छनोटमा रंग निकै महत्वपूर्ण मानिन्छ । गोमेद हरियो, सुन्तला, गुलाबी, प्याजी तथा नीलो रंगमा पनि उपलब्ध हुन्छ । 

माणिक 

सबैभन्दा गुणस्तरीय रुबी रातो तथा प्याजी रंगको हुन्छ । जतिजति यसको रंग सुन्तला तथा प्याजी हुँदै जान्छ त्यति यसको गुणस्तर घट्दै जान्छ । रुबी ओभल, राउन्ड तथा बदामी आकारमा उपलब्ध छ । 

नीलम

रंग नीलमका लागि सबैभन्दा महत्वपूर्ण मानिन्छ । नीलम हलुका नीलो तथा हरियो देखिने नीलो हुन्छ । पहेंलो सफायर विभिन्न सेड्समा उपलब्ध हुन्छ । त्यसैगरी नीलम सफायर हरियो, पहेंलो, सुन्तला तथा प्याजी रंगमा पनि पाइन्छ । 

लहसुनिया

यो पनि निकै महँगो तथा गुणस्तरीय रत्न हो । यसमा पहेंलो स्टोनमा ग्रे बेस सेतो लाइन कोरिएको हुन्छ । यसले मिल्क तथा हनीजस्तो इफेक्ट दिन्छ । 

 Image