Successfully Copied

ट्रेण्डसेटर्सको दसैं धमाका

ट्रेण्डसेटर्सरमा सेटर्स हेयर एण्ड ब्युटी स्टुडियोले उपभोक्तामुखी कार्यक्रमहरू सार्वजनिक गरेको छ ।

नेपालीहरूको महान् चाड बडादसैं, दीपावली एवं छठलाई लक्षित गरी सुन्धारा सिटिसीमलस्थित ट्रेण्डसेटर्सरमा सेटर्स हेयर एण्ड ब्युटी स्टुडियोले उपभोक्तामुखी कार्यक्रमहरू सार्वजनिक गरेको छ । चाडपर्वको अवसरमा ट्रेन्डसेटर्सका हरेक सेवामा छुट प्रदान गरिने निर्देशक आशीष भट्टराईले बताएका छन् । उनका अनुसार दसैंदेखि छठसम्म सेवामा २५ प्रतिशतसम्म छुटका साथै हरेक साता १ जना सेवाग्राहीलाई स्मार्ट मोबाइल फोन उपहार प्रदान गरिनेछ भने बम्पर उपहारका रूपमा ३ जना सेवाग्राहीले महँगो मूल्यको सेवा तथा अन्य थुप्रै पुरस्कार जित्ने अवसर प्राप्त गर्नेछन् । ट्रेन्डसेटर्सले सौन्दर्यसम्बन्धी तालिम लिन चाहनेहरूलाई ३० प्रतिशतसम्म छुट प्रदान गर्ने समेत बताएको छ । 

 Image