Successfully Copied

उज्यालो वैकल्पिक विद्यालय संचालनमा

विद्यालय तहको अध्ययन गर्न नपाएका महिला र पुरुषहरूलाई लक्षित गरेर बेनीमा संचालनमा आएको उज्यालो वैकल्पिक विद्यालयको उद्घाटन सम्पन्न गरिएको छ ।

विद्यालय तहको अध्ययन गर्न नपाएका महिला र पुरुषहरूलाई लक्षित गरेर बेनीमा संचालनमा आएको उज्यालो वैकल्पिक विद्यालयको उद्घाटन सम्पन्न गरिएको छ ।

१ सय १९ जना महिलाहरू अध्ययनरत रहने उक्त विद्यालयको पूर्व पशुपंक्षी विकास राज्यमन्त्री नरदेवी पुनले गर्नु भयो । महिला शिक्षित भएमा परिवारका सबै सदस्य शिक्षित हुने हुदाँ शिक्षावाट बन्चित हुन परेका महिलाहरूलाई लक्षित गरेर संचालनमा आएको उज्यालो विद्यालयको अभियानलाई देशभर लैजानु पर्नेमा जोड दिनु भयो ।

हामी उठ्ने छौं (वि विल राईज फाउण्डेसन) संगको सहकार्यमा बेनीमा संचालनमा आएको उक्त विद्यालयको संचालनका लागि फाउण्डेसनले २ लाख रूपैंया हस्तान्तरण समेत गरेको छ । उक्त अवसरमा बेनीका विभिन्न पेशा र क्षेत्रसंग आबद्ध भएका ब्यक्तिहरुले पनि उक्त विद्यालयको संचालनका लागि आर्थिक सहयोग गरे ।

बेनीका जिल्ला शिक्षा अधिकारी रामप्रसाद अधिकारीले अहिले उज्यालो वैकल्पिक विद्यालयमा प्राथमिक तहकै पुस्तकहरु अध्यापन भैरहेको हुदाँ भविष्यमा उमेर अनुसारको पुस्तक तयार पार्न सरकारलाई अग्रह गर्ने बताउनु भयो ।

भिडियो :

 Image