Successfully Copied

गर्मीको होम डेकोर

गर्मी मौसममा होम डेकोरको पनि विशेष महत्व रहने गर्छ ।

गर्मी मौसममा होम डेकोरको पनि विशेष महत्व रहने गर्छ । केही सरल एवं सहज उपाय अंगालेर गर्मी मौसममा होम डेकोरलाई आकर्षक बनाउन सकिन्छ । 

  • झ्यालबाट डार्क पर्दा हटाएर त्यसको स्थानमा लाइट एवं ब्राइट कलकरो पर्दा प्रयोग गर्नुपर्छ । यसले उज्यालो र हावा घरमा आउने गर्छ । 
  • गर्मीका लागि लाइट ब्लु, एलो र क्रिम कलर्स परफेकट हुनेगर्छ । यीनलाई इच्छा अनुसार सोफा वा सिरानीको कभरका लागि प्रयोग गर्न सकिन्छ । कटन र लिनेनका फ्याब्रिक्स प्रयोग गर्नुपर्छ । 
  • शितल हावा आओस भन्ने हेतुले ढोकामा प्लेन र लाइट कलरको ड्रेपरी प्रयोग गर्नुपर्छ । 
  • यदि पेन्टका माध्यमबाट घरलाई नयाा लुक प्रदान गर्न चाहनुहुन्छ भने लाइट एलो, स्काइ, ब्लु, अफ ह्वाइट कलर्स गर्मीका लागि परफेक्ट हुनेगर्छ । यदि सम्पूर्ण घर पेन्ट गर्छ भने कुनै एउटा भिक्तालाई लाइट कलरबाट पेन्ट गरी घरमा ब्राइटनेस ल्याउन सकिन्छ । 
  • गर्मी मौसममा घरलाई फ्रेसलुक प्रदान गर्नका लागि सुन्दर एवं सुगन्धित फूलभन्दा विकल्प शायक अरु नहोला । लिभिङ रूप बाहेक शयनकक्षमा पनि एउटा सुन्दर एवं आकर्षक खालको बुके राखेर फ्रेस लकु प्राप्त गर्न सकिन्छ । 
  • घरको फर्निचरलाई पूरा व्यवस्थापन गर्नुपर्छ । हभी खालका फर्निचर एवं काउनको साटो लाइटवेट फर्निचरबाट घरलाइृ सजाउनुपर्छ । बेकारका फर्निचरलाई स्टोरमा राख्नु उचित हुन्छ । 
  • भित्ता अनगिन्ति आर्टवर्क राख्नुको साटो दुई तीनवटा राम्रो एवं सुन्दर खालको पेन्टिङ राख्नु राम्रो हुन्छ । 
  • ह्याङगिन मेट प्रिन्टस पोष्ट कार्डस वा फलोरल प्लेट्सबाट भित्तालाई डिजाइनर लुक प्रदान गर्न सकिन्छ । 
  • भिक्ता छत र इन्डोर प्लान्ट्समा हयाङ्गिङ सिल्क फलावर्स लगाएर केही अलग लुक सिर्जना गर्न सकिन्छ । 
  • घरमा कुलिङ इफेक्ट दिनका लागि हयाङ्गिङ् ल्याम्प, टेबल ल्याम्प र फ्लोर ल्याम्पबाट घर सजाउनुपर्छ । 
  • फर्निचरलाई समर अनुरूप फ्रेस लुक प्रदान गर्नका लागि काठको कुर्सी र मेजलाई पेस्टल कलरको ग्लसी पेन्ट गर्नुपर्छ । 
  • बेडरुममा धेरै परिवर्तन नगर्ने हो भने ब्राइट कलरको बेडसीट र सिरानीबाट फ्रेस लुक प्रदान गर्न सकिन्छ ।
  • इन्डोर प्लान्ट्स राख्ने गर्नु हुादैन भने झ्यालमा केही हर्बल प्लान्टस राख्नुपर्छ । घरमाप प्रवेश गर्ने हावालाई यसले फ्रेस र हर्बल फ्रेसरेन्स प्रदान गर्छ । 
  • समर घरलाई कुल र सिम्पल लुक प्रदान गर्नका लागि कालीन हटाउन सक्नुहुन्छ । यसको स्थानमा सोफाको साथमा सानो आकारको कार्पेट हालेर कोठालाई रिफ्रेस गर्न सकिन्छ । 
  • लिभिङ रूममा फ्रेस फिल ल्याउनका लागि सेन्टर टेबलमा एउटा क्रिस्टल वासमा केही कागती, सुन्तला र मौसम राख्नु राम्रो हुन्छ । 
  • ढोकामा समर फिल ल्याउन चाहनुहुन्छ भने आफ्नो मेल बक्सलाई ब्राइट कलरबाट पेन्ट गरी मेचिङ कलरको डोरमेट राखी पूर्णता प्रदान गर्नुपर्छ । 
  • लिभिङ रूममा हेभी डेकोरेटीभ पीस हटाएर जाडो मौसमका लागि स्टोरेज गर्नुपर्छ । तिनका स्थानमा केही आकर्षक र चम्किनो आर्ट पीस राख्नुपर्छ । 
  • यलो लाइट्सको सातो ह्वाइट लाइट्स प्रयोग गर्नुपर्छ । एलो लाइट्सबाट गर्मीको महसुष हुन्छ, भने ह्वाइट लाइट्सले कुलिङ इफेकट प्रदान गर्छ । 
  • डार्क ल्याम्प शेड्सको स्थानमा लाइट ल्याम्प शेड्सले रमा ब्राइटस ल्याउनुुपर्छ । 
  • यदि घरमा गार्डेन छ भने गार्डेनमा लाइट कलरको केनको फर्निचर राख्नुपर्छ । गार्डेनमा खेल्ने बालबालिकालाई घामबाट जोगाउन एउटा ठूलो आकारको छाता प्रयोग गर्न सकिन्छ । 
  • कुल डेकोर आइडियाज 
  • सूर्यको चर्को घाम र गर्मीलाई आफ्नो घरमा आउनबाट रोक्न झयालमा पर्दा, रिफ्लेक्टिभ फिलम्स, सन कन्ट्रोल फिल्मस, विन्डो शेड्स लगाउनुपर्छ । पर्दामा स्तर लगाउनुपर्छ यसले सूर्यको तापलाई एम्बर्ज गर्ने गर्छ । 
  • दिनको सबैभन्दा गर्मीको समयमा अर्थात् १२–३ बजेसम्म झ्याद बन्द गरेर राख्नपर्छ । यसले सूर्यको घाम कोठामा आउादैन । 
  • विद्युतीय उपकरण जस्ते आयरन, डायर वासिङ मेसिन, आदि दिनको समयमा प्रयोग नगर्ने, कारण यीनबाट निस्कने गर्छ । यिनको प्रयोग बिहान वा सााझतिर गर्नुपर्छ । 
  • दिउसोको समयमा आवश्यकता नहुादा टिभी, कम्प्युटर, प्रिन्टर आदिलाई बन्द गरी राख्नुपर्छ । तिनलाई अनप्लग गरी राख्नु राम्रो हुन्छ । 
  • गर्मी बढी स्थानमा सीलिङ फ्यान वा टेबुल फ्यानको प्रयोग गर्नुपर्छ । 
  • टेबुल फ्यान अगाडि एउटा भाडामा एउटा क्रुक्रा बरफ राखेर घरलाई कुलिङ इफेकट प्रदान गर्न सकिन्छ । 
  • –अत्याधिक उज्यालो दिने टयुबलाइट्स, हेलोजेन, बल्ब्स आदिको ठाउामा एलइडी वा सीएफएल बल्व प्रयोग गर्नुपर्छ । कहिलेकाही राति राती एरोमा क्यान्डल बालेर घरमा आनन्दमय माहौल सिर्जना गर्न सकिन्छ । 
  • विहान र सााझको समयमा घरको झ्यालढोका सुख्ला राख्नुपर्छ । यसले घरमा ताजापन र शितल हावाको बहाव रहन्छ । 
  • घरको छत र बाहिरी भित्तामा सेतो पेन्ट लगाउनुपर्छ । यसले सूर्यको उज्यालो रिफ्लेक्ट हुन्छ । 
  • बेडरुममा ब्लु, ग्रे, ब्राउन जस्तो कुल कलर्स पेन्टस गर्नुपर्छ । रेड, ओरेन्ज जस्ता वार्म कलर्सबाट जोगिनुपर्छ । 
  • घरमा प्रपर भेन्टिलेसनको सुविधा तैन भने एक्सजस्ट फ्यान लगाउनुपर्छ यसले घरबाट तातो हावा घरबाहिर निस्कन्छ । 

 Image