Successfully Copied

हेयर केयरको बजार

मीलेको , लटा परेको तथा रुखो केशले महिलाहरुको व्यक्तित्वलाइ नराम्रो बनाउछ ।

राम्रो केश महिलाहरुको ३२ लक्षण मध्ये एक पर्न आउछ । महिलाहरुलाइ केशले निकै सुन्दर देखाउछ । मिलेको , बाक्लो तथा चम्किलो केशलाइ जस्तो शैलीमा ढाल्न सकिन्छ । नमीलेको , लटा परेको तथा रुखो केशले महिलाहरुको व्यक्तित्वलाइ नराम्रो बनाउछ । केश लामो होस वा छोटो स्वस्थ्य तथा मिलेको छ भने यसले मानिसको आवरनमा कुनै असर पुरयाउदैन । केश मानवको स्वास्थ्य तथा सौन्दर्य दुबैसंग सम्बन्धीत छ । राम्रो केशले मानिस भित्रदेखि स्वस्थ्य भएको उजागर गर्छ ।

परापुर्वकालदेखिनै महिलाहरु आफनो केशदेखि निकै संवेदनशील भएको इतिहासलाइ नियाल्दा अनुभव गर्न सकिन्छ । उबेलाका देवी तथा महारानीहरु बिभीन्न जडिबुटिहरुको प्रयोग गरी आफनो केशको स्याहार गर्थे । जटामसी , भृगराज , अमला , रिठा जस्ता जडिबुटि कपालमा प्रयोग गरिन्थ्यो । उनीहरुको केश निकै स्वस्थ्य तथा नरम हुन्थे ।

समयले कोल्टो फेर्दै जादा अहिले उक्त जडिबुटिहरुको जैविक तेलको मिश्रण गरी तयार गरिएका हेयर केयर उत्पादन बन्द बटामा हामी माझ आएको छ । औद्योगिक क्रान्तिसंगै अहिले यस्ता सौन्दर्य प्रसाधनका हजारौ ब्राण्ड बिश्वव्यापी रुपमा आएका छन । हरेक उत्पादनहरु आधुनिक तथा पारम्परीक  प्रविधीबाट तयार भएका छन । हेयर केयरमा पहिले स्याम्पु बजारमा देखिएको थियो । बिस्तारै कन्डिसनर , हेयर कलर , सेरम , हेयर प्याक , हेयर क्रिम , हेयर लोसन , हेयर भाइटलाइजर लगायतका नौला नाम तथा फरक बिशेषता लिएर बजार्मा देखिएका छन ।

हरेक उत्पादनका आआफनै बिशेषताहरु छन । हरेकले कपाललाइ स्वास्थ्य तथा सुन्दर बनाउने दावी गरीरहेको छ । सस्तादेखि महंगा यस्ता ब्राण्डहरुले हेयर केयरका सबै रेन्ज बजारमा उतारेको छ । अहिले नेपाली बजारमा यस्ता ब्राण्डको चर्को प्रतिष्पर्धा पनि छ । नया नया अवधारणाका सामग्रीहरु उत्पादन गर्न ब्राण्डहरुको होडबाजीनै भएको बजारको अध्ययन गर्दा अनुभव गर्न सकिन्छ ।

 Image