Successfully Copied

हरितालिका तीज देशभर भव्यताका साथ मनाइदै

हिन्दु महिलाहरुले आज महादेवको पूजा आराधना गरी हरितालिका तीज पर्व भव्यताका साथ मनाइरहेका छन्।

हिन्दु महिलाहरुले आज महादेवको पूजा आराधना गरी हरितालिका तीज पर्व भव्यताका साथ मनाइरहेका छन् । काठमाडौंको पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा पूजा अर्चना गर्ने व्रतालु महिलाहरुको घुइँचो लागेको छ । हरेक वर्षजस्तै यो वर्ष पनि तीजको ब्रतको दिन आज पशुपति परिसर भरिभराउ बन्यो । आज बिहानैदेखि पशुपतिमा ब्रतालुहरुको भीड लागेको छ । तीजको दिन महिलाहरु ब्रत बसेर शिवको मन्दिरमा पूजा गर्ने गर्छन् । सत्ययुगमा हिमालय पुत्री पार्वतीले तपस्या गरेर महादेव पति पाएको धार्मिक किम्वदन्ती रहेकाले तीजमा व्रत बस्ने अविवाहिताले सुयोग्य वर पाउने र विवाहिताले अटल सौभाग्य पाउने विश्वास छ।

 Image