Successfully Copied

सौन्दर्यकर्मीको तीज

हिन्दू महिलाहरूको महान् चाड तीजमा हरेक महिला आफूलाई सुन्दर देखाउन धेरै दिनअघिदेखि पार्लरमा गएर फेसियल, बडी स्पा, हेयर केयर, कलर, मेनिक्योर, पेडिक्योर, हेयर एक्सटेन्सन, नेल एक्सटेन्सन, आइलाइसेस एक्सटेन्सन, मेहन्दी, नेल आर्ट आदि गराउँछन् तसर्थ सौन्दर्यकर्मीका लागि यो चाडमा सार्‍है चटारो हुन्छ ।

 

हिन्दू महिलाहरूको महान् चाड तीजमा हरेक महिला आफूलाई सुन्दर देखाउन धेरै दिनअघिदेखि पार्लरमा गएर फेसियल, बडी स्पा, हेयर केयर, कलर, मेनिक्योर, पेडिक्योर, हेयर एक्सटेन्सन, नेल एक्सटेन्सन, आइलाइसेस एक्सटेन्सन, मेहन्दी, नेल आर्ट आदि गराउँछन् तसर्थ सौन्दर्यकर्मीका लागि यो चाडमा सार्‍है चटारो हुन्छ । उनीहरूको आयका दृष्टिले पनि तीज आकर्षक पर्व बन्न पुगेको पाइन्छ । सयाम ब्युटिपार्लर तथा सौन्दर्य कला व्यवसाय संघकी अध्यक्ष कमला श्रेष्ठलाई तीजका लागि महिनौं दिन व्यस्त हुनुपर्ने बाध्यता छ ।

 

एक त पार्लरमा भीड, अर्को आफ्नो सौन्दर्य कला व्यवसाय संघका विभिन्न तीज कार्यक्रममा सहभागी हुनुपर्ने तथा तीजका लागि आफैले दर ख्वाउनुपर्ने कुराले श्रेष्ठलाई निक्कै व्यस्त राख्छ । सयाममा विद्यार्थी तथा स्टाफहरूलाई सामूहिक रूपमा दर ख्वाउने कार्यक्रम पनि आयोजित गरिन्छ ।

 

पल्स ब्युटिपार्लरकी लक्ष्मी श्रेष्ठ तुलनात्मक रूपमा तीजमा पार्लरमा बढी भीड हुने कुरा बताउँछिन् । तीजका लागि त्यहाँका विद्यार्थीहरू नाचगान, उपहार आदान–प्रदान आदि कार्यक्रम संचालन गरेर रमाइलो गर्छन् । तीजको व्रत बस्दा आफ्नो स्वास्थ्य, परिवारको खुसी र श्रीमान् सबैमा सकारात्मक प्रभाव पर्ने श्रेष्ठ बताउँछिन् । उनी तीजको व्रत बस्छिन् र घरमा आफन्त एवं साथीहरूलाई बोलाएर रमाइलो पनि गर्छिन् । साइसा ब्युटिपार्लरकी सीता पाठक महिलाहरूको खुसी, उमङ्ग एवं उत्साह हेर्दा तीजलाई महान् उत्सव मान्न बाध्य हुने कुरा बताउँछिन् ।

 

तीजका लागि जति व्यस्त भए पनि सुन्दर देखिन समय मिलाएर पार्लर आउने पाठकको अनुभव छ । एक त तीजमा आफू पनि दर खान–ख्वाउनमा व्यस्त हुनुपर्ने र अर्को पार्लरका ग्राहकलाई पनि समय दिनुपर्ने हुँदा पाठकको व्यस्तता अरू बेला भन्दा बढी हुन्छ । त्यसैगरी सेरोमनी ब्युटिपार्लरकी मीना न्यौपानेले हरेक वर्ष तीज कार्यक्रम आयोजित गर्दै आएकी छिन् । न्यौपानेका अनुसार ब्युटिसियनहरू सधैं अरूलाई सुन्दर बनाउनमै व्यस्त हुने भएकाले एकदिन भए पनि सजिएर नाचगान गरौं भन्ने हेतुले उनले तीज कार्यक्रमको आयोजना गरेकी हुन् । कलंकी ब्युटिपार्लरकी अनिता खड्का पनि तीजलाई रमाइलो चाड मान्छिन् । जतिसुकै व्यस्त भए पनि उनी समय मिलाएर दर खाने कार्यक्रममा सहभागी हुन्छिन्् ।

 

पार्लरमा अरू बेलाभन्दा बढी समय दिनुपरे पनि अनिता तीजको दिनलाई भने आराम गर्ने अवसरका रूपमा लिन्छिन् । वनेपा सौन्दर्य कला व्यवसाय संघकी अध्यक्ष लक्ष्मी श्रेष्ठले तीजको व्रत लिन थालेको धेरै वर्ष भैसकेको छ । नेवार समुदायमा भर्खर–भर्खर मनाउन थालिएको तीज उनी पूरै विधिकासाथ मनाउँछिन् । श्रेष्ठले वनेपामा तीज सुन्दरी प्रतियोगिता पनि संचालन गर्दै आएकी छिन् । 

 Image