Successfully Copied

शाही मलाई कोफ्ता

आलु उसिनेर मुछ्ने र त्यसमा पनीर पनि मुछेर मिसाउने ।

सामग्री :

पनीर : २ सय ग्राम । 

आलु : २ सय ग्राम ।

काजु : १ सय ग्राम ।

हरियो खुर्सानी : २ वटा ।

कर्नफ्लोर : २ चम्चा ।

जिराको धूलो : १ चम्चा ।

नुन : स्वादअनुसार ।

प्याज : २ सय ग्राम ।

गोलभेंडा : २ सय ग्राम ।

गरम मसला : १ चम्चा ।

धनियाँको धूलो : १ चम्चा ।

अदुवा र लसुनको पेस्ट : २ चम्चा ।

हरियो धनियाँ र फ्रेस क्रिम : २ चम्चा ।

विधि :  

आलु उसिनेर मुछ्ने र त्यसमा पनीर पनि मुछेर मिसाउने । यो मिक्समा कर्नफ्लोर, नुन, जिराको धूलो, हरियो खुर्सानी मसिनो गरी काटेर मिक्स गर्ने । प्यानमा तेल तताई मिक्सरको स–साना गोला बनाई तातेको तेलमा फ्राई गर्ने  र ब्राउन भएपछि त्यसलाई निकाली छुट्टै प्लेटमा राख्ने ।

ग्रेभीका लागि : प्याज र गोलभेंडा उसिनेर छुट्टाछुट्टै प्युरी बनाउने । काजुको पनि पेस्ट बनाउने । अर्काे प्यानमा तेल तताई प्याजको प्युरी भुट्ने । खैरो हुन थालेपछि अदुवा–लसुनको पेस्ट हाल्ने । २ मिनेटमा गोलभेंडाको प्युरी हाल्ने । गोलभेंडाले तेल छाड्ने बेलासम्म भुट्ने र गरम मसला, धनियाँ तथा खुर्सानीको धूलो हाल्ने । त्यसपछि काजुको पेस्ट अनि २ कप पानी हालेर २ मिनेटजति पकाउने । यसरी ग्रेभी तयार भएपछि कोफ्तालाई बाबलमा हाल्ने । यसलाई माथिबाट ग्रेभी हाली फ्रेस क्रिम छर्केर खान सकिन्छ । 

नीलम शाही ठकुरीको रिसेपि 

 Image