Successfully Copied

बालबालिकामा मुटु रोगको खतरा

शिशुमा भिटामिन डी पर्याप्त मात्रामा प्राप्त नभएपछि सब क्लिनिकल एथेरोस्कलेरोसिसको सामना गर्नुपर्ने कुरा अध्ययनबाट पत्ता लागेको छ ।

बिहानीपखको घाम सबैका लागि लाभदायक हुन्छ । घाम भिटामिन डीको राम्रो स्रोत पनि हो । यो नवजात शिशुका लागि पनि फाइदाजनक हुन्छ । त्यसैले चिकित्सकहरू शिशुलाई प्रत्येक दिन केही घन्टा घाममा राखेर सेक्नु आवश्यक हुने बताउँछन् । यसले शिशुलाई भिटामिन डी प्राप्त हुन्छ । शिशुमा भिटामिन डी पर्याप्त मात्रामा प्राप्त नभएपछि सब क्लिनिकल एथेरोस्कलेरोसिसको सामना गर्नुपर्ने कुरा अध्ययनबाट पत्ता लागेको छ । यसको सीधा सम्बन्ध मुटु रोगसँग हुन्छ जसले मुटुको गतिविधिमा प्रभाव पार्छ । 

आमाको दूध अमृत समान

सबै शिशुका लागि आमाको दूध अमृत समान हुन्छ । शिशुको जन्मपछि आमाको पहिलो पहेंलो बाक्लो दूधमा पौष्टिक तत्व हुन्छ । आमाको स्तनपान गरेका शिशुको शारीरिक तथा मानसिक विकास राम्रो हुने कुरा अध्ययनहरूबाट पत्ता लागेको छ । स्तनपान गरेका शिशुको मस्तिष्कको विकास राम्रो हुनुका साथै हत्तपत्त रोगसमेत नलाग्ने विभिन्न अध्ययन प्रतिवेदनमा उल्लेख छ । 

कलेजो बोसोयुक्त भए मुटु कमजोर 

कलेजो स्वस्थ भए धेरै किसिमका रोगबाट जोगिन सकिन्छ तर कलेजो कमजोर हुँदै गए धेरै किसिमका रोग लाग्न सक्छन् । कलेजोमा बोसो (चिल्लो) को मात्रा बढ्नु त्यति राम्रो मानिँदैन । चिकित्सकहरूका अनुसार कलेजोमा बोसो जम्मा भए मृत्युसमेत हुनसक्छ । यो डरलाग्दो समस्या हो र यसलाई बेवास्ता गर्नुहुँदैन । चिकित्सकहरूद्वारा गरिएको शोधअनुसार चिल्लो बढेपछि घाँटीको रक्तनलीको मोटाइ बढ्छ जसबाट रक्तसंचारमा समस्या उत्पन्न हुन्छ । फलस्वरूप मुटुमा बढी जोड पर्छ अनि मुटुसँग सम्बन्धित अनेकन समस्या झेल्नुपर्ने हुन्छ । 

 Image