Successfully Copied

सुगर फ्रि खाद्यपदार्थका फाइदा

सुगर फ्रि खाद्यपदार्थमा कुनै प्रकारको पौष्टिकता हुँदैन । यसमा क्यालोरी पनि हुँदैन ।

सुगर फ्रि प्रयोग गर्नु स्वास्थ्यका हिसाबले कत्तिको फाइदाजनक छ ?

सुगर फ्रि खाद्यपदार्थमा कुनै प्रकारको पौष्टिकता हुँदैन । यसमा क्यालोरी पनि हुँदैन । गुलियो हुने हुँदा यसको प्रयोग गरेर खाद्यपदार्थको स्वाद बढाउन सकिन्छ । यो मोटोपन कम गर्ने सबैभन्दा उत्कृष्ट उपाय हो । विशेष गरी मधुमेह हुनेहरूका लागि यो राम्रो विकल्प हो । कार्बाेहाइड्रेट नहुने भएकाले यसले उच्च रक्तचाप पनि बढ्न दिँदैन । 

यसको प्रयोगले नकारात्मक प्रभाव उत्पन्न हुन्छ भन्ने सुनिन्छ नि ?

यो गलत कुरा हो । यसमा स्याकरिन प्रयोग गरिएको हुन्छ । विशेषगरी यसलाई क्यान्सरसँग लगेर जोडिन्छ जब कि यसलाई सीमित मात्रामा गर्भवती महिलाले समेत प्रयोग गर्न सक्ने कुरा साबित भैसकेको छ । यसलाई एफडीएले पनि सम्बन्धन दिएर उत्पादन प्रमाणपत्र दिएको छ । यसबाट कुनै प्रकारको असर नपर्ने पनि एफडीएले बताइसकेको छ । त्यसैले निर्धक्क भएर यसको प्रयोग गर्न सकिन्छ । यसबाट क्यान्सर तथा दमको समस्या हुन्छ भन्नु निराधार हो । 

स्याकरिन कस्तो तत्व हो ?

स्याकरिन करिब १ सय वर्षअघि सन् १८७९ मा उत्पादन गरिएको कम क्यालोरीयुक्त गुलियो तत्व हो । स्वास्थ्यका कारण गुलियो सेवनबाट वञ्चित भएका मानिसका लागि यो उत्तम विकल्प हो । यो चिनीभन्दा पनि गुलियो हुन्छ । 

सुगर फ्रि खाद्यपदार्थका फाइदा के–के छन् ?

स्याकरिन वजन कम गर्न चाहनेहरूका लागि निकै उपयोगी मानिएको छ । यसले रगतमा ग्लुकोजको मात्रा कम गर्छ । यसको सेवनले दाँतसम्बन्धी समस्या पनि उत्पन्न हुन पाउँदैन । यो चिनी रोग भएकाहरूलाई निकै उपयोगी हुन्छ । विशेषगरी विभिन्न रोग भएका महिलाहरूले यसलाई प्रयोग गर्न सक्छन् । तीज तथा अरू पर्वहरूमा सुगर फ्रि मिठाईं तथा परिकारको मज्जा लिन सकिन्छ ।

  (न्युट्रलाइजका कन्ट्रिम्यानेजर कैलाश घिमिरेसँगको कुराकानी) 

 Image