Successfully Copied

खसीको मासुको अचार

खसीको मासुको यो अचार दर खाँदा स्न्याक्सका रूपमा खान सकिन्छ ।

सामग्री :

खसीको मासु : १ केजी ।

प्याज : २ वटा ।

धनियाँको धूलो : २ चम्चा ।

जिराको धूलो : २ चम्चा ।

अम्चुर : १ चम्चा ।

 धूलो खुर्सानी र नून : स्वादअनुसार ।

अदुवा र लसुनको पेस्ट : ४ चम्चा ।

विधि :

खसीको मासुलाई स–साना टुक्रामा काट्ने । कराहीमा तेल तताई प्याज हाल्ने र खैरो भएपछि मासु हाल्ने । त्यसमा नुन हालेर सानो आँचमा भुट्ने । अदुवा र लसुनको पेस्ट भुटिसकेपछि धनियाँ, जिरा, खुर्सानी तथा अम्चुर हालेर राम्रोसँग भुट्ने । पाकेपछि खानुअघि यसलाई चिसो हुन दिनुपर्छ । खसीको मासुको यो अचार दर खाँदा स्न्याक्सका रूपमा खान सकिन्छ ।

 

 Image