Successfully Copied

नेपाल मेहेन्दी कम्पिटिसन – २०१६

यही मेहेन्दी कलालाई प्रवद्र्धनका लागि हरेक वर्ष झैं यो वर्ष पनि जुम अरेविक मेहेन्दी तथा ट्रेन्रिङ्ग सेन्टरले तिजको अवसर पारी भाद्र १० गतेका दिन काठमाडौं मल भित्र ग्यालेक्सी पार्टी प्यालेसमा नेपाल मेहेन्दी कम्पिटिसन – २०१६ का साथै व्युुटी सेमिनार आयोजना गर्देछ ।

महिलाहरुको महान पर्व तीजमा मेहेन्दीको छुुट्टै महत्व हुुन्छ । अहिले महिलाहरुमा मेहेन्दीको कलात्मक डिजाइन लगाउने क्रेज बढेदै गईरहेको छ । यो समाजको कला प्रतिको रुचीको सकारात्मक पक्ष हो । मेहेन्दी लेखन कलाबाट धेरै नै महिलाहरु स्वरोगार भएका छन् भने बैदेशिक रोजगारका लागि सक्षम पनि भएका छन् । यही मेहेन्दी कलालाई प्रवद्र्धनका लागि हरेक वर्ष झैं यो वर्ष पनि जुम अरेविक मेहेन्दी तथा ट्रेन्रिङ्ग सेन्टरले तिजको अवसर पारी भाद्र १० गतेका दिन काठमाडौं मल भित्र ग्यालेक्सी पार्टी प्यालेसमा नेपाल मेहेन्दी कम्पिटिसन – २०१६ का साथै  व्युुटी सेमिनार आयोजना गर्देछ ।

व्युुटिसियन दिदी बहिनी तथा व्युुटिसियन सिक्दै गरेका प्रशीक्षार्थीलाई लक्षित गरी गर्न लागेको यो प्रतियोगितामा ट्रेनिङ्ग तथा प्रमाण पत्र नभएको स्वस्फुर्त मेहेन्दी कला भएको जो कोही पनि सहभागिता जनाउन सकिन्छ । यो कार्यक्रमको मुख्य उद्देश्य भनेकै महिलाहरुमा लुुकिरहेको कलालाई उज्जागर गरी महिलाहरुलाई हौस्याएर स्वलम्बनको लागि प्रेरित गर्नु तथा मेहेन्दी कलाबाट पनि महिलाहरु स्वरोगार बन्न सकिन्छ भनी महिलालाई उद्यमशिलता तिर प्रेरित गर्नुु हो भनी कार्यकमका आयोजक तथा जुम अरेविक मेहेन्दीका प्रोप्राइटर जुुनुु चक्धर नारीलाई बताउँछिन् ।

 Image