Successfully Copied

किन कुरा लुकाउँछन् पुरुष ?

तुलनात्मक रूपमा महिलाहरू कुरा लुकाउने मामिलामा पुरुषभन्दा पछि पर्छन् ।

अधिकांश महिला श्रीमान्ले आफूसित कुरा लुकाएको गुनासो गर्छन् । आखिर पुरुषहरू किन यसो गर्छन् ? मनोचिकित्सकहरूका अनुसार पुरुषले सोच्ने ढंग महिलाको भन्दा अलग हुन्छ । उनीहरू महिलाको तुलनामा कम बोल्छन् । अत: उनीहरू धेरैजसो कुरा सहजै लुकाउन सक्छन् । तुलनात्मक रूपमा महिलाहरू कुरा लुकाउने मामिलामा पुरुषभन्दा पछि पर्छन् । उनीहरू आफ्ना श्रीमान् वा प्रेमीबाट आफूसित उनीहरूका हरेक कुरा सेयर होस् भन्ने अपेक्षा गर्छन् र जब यसो हुँदैन तब दाम्पत्य जीवनमा विवाद प्रारम्भ हुन्छ ।

कुरा लुकाउनुको सकारात्मक पक्ष

  • पुरुषहरू भित्री मनमा श्रीमती पनि समस्यामा परून् भन्ने चाहँदैनन् । त्यसैले उनीहरू स–साना कुरा लुकाएर घरको वातावरण शान्त राख्न चाहन्छन् ।
  • पुरुषहरू प्राय: समस्यालाई सहज रूपमा सुल्झाउँछन् किनभने उनीहरूको समस्या सुल्झाउने शैली महिलाको भन्दा अलग हुन्छ ।
  • पुरुषहरू तुलनात्मक रूपले कम मतभेद राख्छन् र मतभेद भए  कटुता राख्दैनन् ।
  • पुरुषहरू कुनै पनि कुरालाई लम्ब्याउन चाहँदैनन् । कुनै कुरा चाँडै समाधान होस् भन्ने उनीहरूको चाहना हुन्छ ।
  • पुरुषहरू जीवनप्रति बढी आशावादी हुन्छन् ।
  • कुरा लगाउने बानी नहुने भएकाले पुरुषहरू स–साना कुरामा ध्यान दिँदैनन् ।
  • पुरुषहरू नकारात्मक कुराको पनि समाधान खोज्ने प्रयास गर्छन् ।

कुरा लुकाउनुको नकारात्मक पक्ष

  • पुरुषहरू धेरै हदसम्म कमिटमेन्ट गर्नबाट बच्छन् र कुरा पनि लुकाउँछन् ।
  • श्रीमतीले शंका नगरून् भन्ने उद्देश्यले अफिसका सहकर्मीहरूका सम्बन्धमा कुरा सेयर गर्न उचित मान्दैनन् ।
  • आफ्नो आम्दानी र खर्च श्रीमतीलाई यकिन जानकारी नहोस् भन्ने हेतुले पुरुष श्रीमतीसित कुरा लुकाउँछन् ।
  • हरेक कुरामा कमेन्ट वा गुनासो गरेको पुरुषलाई मन पर्दैन । अत: पुरुषहरू कतिपय अवस्थामा झूटो पनि बोल्छन् ।
  • कतिपय अवस्थामा पुरुषहरू अति महत्वपूर्ण कुरा पनि भन्न उचित मान्दैनन् ।

 Image