Successfully Copied

मम्मी मेकओभर

गरिन्छ । आर्म लिफ्ट हातको माथिआफ्नो प्रतिबिम्बलाई संसारमा अवतरण गर्ने चाहना हरेक नारीमा हुन्छ तर गर्भावस्थाका कारण उनको शरीरमा पर्ने प्रभावलाई लिएर अधिकांश महिला आशंकित रहन्छन् । ल्लो हिस्साको लुज छाला वा मांसपेशीलाई कस्न प्रयोग गरिन्छ ।

आफ्नो प्रतिबिम्बलाई संसारमा अवतरण गर्ने चाहना हरेक नारीमा हुन्छ तर गर्भावस्थाका कारण उनको शरीरमा पर्ने प्रभावलाई लिएर अधिकांश महिला आशंकित रहन्छन् । उनीहरूलाई आफ्नो शरीर भद्दा हुने डरले सताउँछ । पेट, स्तन, जाँघ र शरीरका अन्य भागको मांसपेशी र छाला तन्किने हुँदा लुज देखिन्छ । यति मात्र होइन त्यसको दाग (स्ट्रेच मार्कस्) पनि पर्न सक्छ ।

गर्भावस्थापछि पुन: सुन्दर र फिट शरीर पाउन ‘मम्मी मेकओभर’ ट्रिटमेन्ट प्रचलनमा आएको देखिन्छ । गर्भावस्थाका कारण शरीरमा पर्ने प्रभाव कम गर्न कतिपय कामकाजी महिलाले आफ्नो पहिलेको जस्तो फिगर (शरीर) पुन: प्राप्त गर्न ‘मम्मी मेकओभर’ को सहारा लिने गरेको पाइन्छ । मम्मी मेकओभर गर्भावस्थापछि गरिने प्लास्टिक सर्जरी हो ।

यो छालाको उपचार र सेल्युलाइट हटाउने प्रक्रियाको संयोजन हो । युवा महिलाहरू जसलाई शिशु जन्मिएदेखि आफ्नो शरीरको चिन्ता हुन्छ र आफ्नो करियर तथा व्यस्त जीवनमा फर्कंदा उनीहरू आफू पहिलेजस्तै देखिने चाहना राख्छन् । यस्ता सबै युवा आमाहरूका लागि कस्मेटिक सर्जरी तथा कस्मेटिक स्किन उपचार उपयुक्त हुन्छ ।मम्मी मेकओभर प्रक्रिया फ्याट बढी जम्मा हुने पेट, स्तन, कुहिना र जाँघजस्ता शरीरका भागमा बढी प्रभावशाली हुन्छ । त्यसैगरी सेल्युलाइट, स्ट्रेच मार्कस्, पिग्मेन्टेसन वा गहिरो दाग आदिका लागि पनि स्किन ट्रिटमेन्ट प्रचलित छ ।

नन सर्जिकल ट्रिटमेन्ट

पिग्मेन्टेसन उपचार : गर्भावस्थामा मुहारको कुनै भागमा प्रेग्नेन्सी मास्क अर्थात् चायाँ–पोतो आउँछ ।यस्तो शरीरमा एस्ट्रोजनको उच्च स्तरका कारण हुन्छ । यो प्राय: आँखा र गालाको वरपर फैलिएको हुन्छ । यसको उपचारका लागि स्मुथ बिम र नन एबेलेटिब लेजर, मिडियम डेप्थ मेडिकलका केमिकल पिल्सको प्रयोग हुन्छ । यो उपचार घाम र उमेरका कारण आउने दागमा पनि लाभदायक हुन्छ ।

हार्मोनजनित पिम्पल : गर्भावस्थामा वा त्यसपछि हार्मोनको असन्तुलनका कारण पिम्पल निस्कन्छ । पिम्पल वा त्यसको दाग कम गर्न वा हटाउन चिकित्सकीय माइक्रोडर्मेब्रेसन र स्मुथ बिम लेजरको संयोजन प्रयोग गरिन्छ ।

सेल्युलाइट : बोसो छालाभित्र पनि असामान्य ढंगले फैलनुलाई सेल्युलाइट भनिन्छ यसको उपचारका लागि एउटा नन सर्जिकल उपचार हुन्छ जसबाट छालामा उल्लेखनीय सुधार आउँछ र छालाको वास्तविक आकार फर्कन्छ ।

स्ट्रेच मार्कस् र अन्य दाग : स्ट्रेच मार्कस्को दाग गर्भावस्थापछि देखिने सबैभन्दा ठूलो समस्या हो ।यसको उपचारका लागि कार्बोकसी थेरेपी, लेर्स, स्पेसलाइज्ड केमिकल पिल्स एवं माइक्रोडर्मेब्रेसन आदि उपचारको प्रयोग गरिन्छ । यो उपचार रातो, विस्तृत वा गहिरो स्ट्रेच मार्कमा सुधार ल्याउन वा पूर्णरूपमा हटाउन सहयोगी हुन्छ । ओइलाएको, खस्रो, फुस्रो र सुख्खा छाला : गर्भवती आमाहरूमा आउने परिवर्तनका कारण उनीहरूको छालाको बनावट बिग्रन्छ । परिणामस्वरूप छाला असमान, फुस्रो वा ओइलाएजस्तो हुन्छ । यसको उपचारका लागि छालालाई कोमल बनाउने मेडिकल फेसियल लाइट केमिकल पिल्स, मेडिकल माइक्रोडर्मेब्रेसन वा ती सबैको अनुकूल संयोजनको प्रयोग हुन्छ ।

सर्जिकल ट्रिटमेन्ट

लिपोसक्सन : यो गर्भावस्थामा जम्मा हुने फ्याट, जसमा खानपानमा परिवर्तन र व्यायामको प्रभाव पर्दैन, हटाउन उत्तम विकल्प हो । कस्मेटिकका सन्दर्भमा कुरा गर्दा सफल लिपोसक्सनको मापदण्ड वा किलोग्रामको स्थानमा इन्चमा नापिन्छ । तौल कम गर्नु त्यति महत्त्वपूर्ण हुँदैन जति शरीर

सुधार्न ।

टमी टक : यो विधिमा पेट मुनिको भाग वा मांसपेशीमा कसिलोपन ल्याएर वा अतिरिक्त फ्याटयुक्त टिस्युलाई सफाइ गरेर पेटलाई समतल गरिन्छ ।

ब्रेस्ट सर्जरी : यस प्रकारको सर्जरीको सहयोगबाट प्रसवपछि स्तनको आकार र आकृतिमा सुधार ल्याइन्छ । यसका लागि कतिपय विकल्प उपलब्ध छन् । जस्तै प्रत्यारोपणका माध्यमबाट स्तनको आकार बढाउने, स्तनमा कसिलोपन वा बेडोल स्तनमा उभार ल्याउन ब्रेस्ट लिफ्ट प्रक्रियाका साथमा ब्रेस आगमेन्टेसनको संयोजन पनि गरिन्छ र स्तनको आकारमा कमी ल्याउन ब्रेस्ट लिफ्ट प्रक्रियाका साथमा ब्रेस्ट रिडक्सनको प्रयोग गरिन्छ ।

बडी लिफ्ट

आर्म लिफ्ट, थाइ लिफट् वा बम्प लिफ्टजस्ता प्रक्रियाहरू छन्, जुन शरीरको कसिलोपनमा प्रयोग गरी राम्रो फिगर र यौवन प्राप्त गर्न लाभदायक मानिन्छ । आर्म लिफ्टलाई ब्रोकियोप्लास्टिकको नामले पनि चिनिन्छ । आर्म लिफ्ट अपर आर्मदेखि लिएर कुहिनासम्म हातको माथिल्लो भागलाई राम्रो बनाउन गरिन्छ । आर्म लिफ्ट हातको माथिल्लो हिस्साको लुज छाला वा मांसपेशीलाई कस्न प्रयोग गरिन्छ । थाइ वा बम्प लिफ्टमा काल्फ एरियाको छालाको मुनितर्फको अतिरिक्त फ्याट सर्जरीका माध्यमबाट हटाइन्छ । थाइ र बम्प लिफ्ट ती महिलाका लागि उपयुक्त हुन्छ, जो तुलनात्मक ढंगबाट राम्रो फिगरका छन् तर जाँघ एरिया वरपर अतिरिक्त छाला र फ्याटको समस्या छ ।

तस्विरहरु: महेश प्रधान

 Image