Successfully Copied

कोमल र निखारयुक्त अन्डर आम्र्स

अन्डर आम्र्समा आउने पसिनाको दुर्गन्ध हटाउन पानीमा डिटोल, कागतीको रस एवं गुलाबजल मिसाएर नुहाउनु उपयुक्त हुन्छ ।

अन्डर आम्र्स हाम्रो शरीरको कोमल तथा संवेदनशील भाग हो । त्यसैले यसको विशेष हेरचाह आवश्यक छ । कतिपय महिला यसको हेरचाह राम्रोसँग गर्दैनन् । शरीरको यो भाग उपेक्षित हुन्छ । फलस्वरूप यसमा इन्फेक्सन हुने खतरा रहन्छ । अत: आफ्नो अन्डर आम्र्सको हेरचाह सावधानीपूर्वक गर्नुपर्छ ।

ध्यान दिनुपर्ने कुरा:

  • प्राय: महिलाहरूले आफ्नो अन्डर आम्र्स सेव गरेको पाइन्छ । जसका कारण छालामा नकारात्मक प्रभाव पर्छ । रेजरबाट छालामा चोटपटक लाग्ने सम्भावना हुन्छ । त्यसैले अन्डर आम्र्समा रेजर प्रयोग गर्नुहुँदैन ।
  • अन्डर आम्र्सबाट बढी पसिना आउनेहरूलाई फंगल इन्फेक्सन हुने खतरा पनि हुन्छ । यसबाट जोगिन सुतीका पहिरन लगाउनुपर्छ । कारण रेशमी वा सिन्थेटिक कपडाले पसिना सोस्न सक्दैन र इन्फेक्सनको सम्भावना बढ्छ ।
  • गलत तरिकाले गरिएको वेक्सिङबाट अन्डर आम्र्समा रातो दाग र चिलाउने समस्या उत्पन्न हुन सक्छ । त्यसैले अनुभवी व्यक्तिबाट नै वेक्सिङ गराउनुपर्छ र गर्मी तथा वर्षामा वेक्सिङ गर्दा एयर कन्डिसनर भएको ठाउँमा गराउनुपर्छ ।
  • कुनै पनि नयाँ स्प्रे वा डिओडरेन्ट लगाउनुपूर्व त्यसलाई राम्रोसँग चेक गर्नुपर्छ । संवेदनशील छाला हुनेहरूलाई त्यसमा भएको अल्कोहलको बढी मात्राले क्षति पुर्‍याउँछ ।
  • अन्डर आम्र्सलाई हेयर रिमुबल क्रिमले सफा गर्नु हुँदैन । यसबाट छाला कालो हुन सक्छ ।
  • अन्डर आम्र्समा चिलाए वा र्‍यासेस देखिए कुनै पनि प्रोडक्ट प्रयोग गर्नु हुँदैन । यस्तोमा चर्मरोग विशेषज्ञसित सल्लाह लिनुपर्छ ।
  • अन्डर आम्र्समा आउने पसिनाको दुर्गन्ध हटाउन पानीमा डिटोल, कागतीको रस एवं गुलाबजल मिसाएर नुहाउनु उपयुक्त हुन्छ ।
  • दुर्गन्धलाई तुलसीको तेलको पाउडर वा अन्य कुनै अरोमा तेलको प्रयोगबाट हटाउन सकिन्छ । यस्ता तेलले इन्फेक्सन पनि कम गर्छन् ।
  • वेक्सिङ रौं सफा गर्ने राम्रो विकल्प हो तर स्थायी होइन । यसलाई पल्स्ड लाइटद्वारा स्थायी रूपमा हटाउन सकिन्छ ।

घरेलु उपाय

  • एक चम्चा जौको आटा, आधा चम्चा चन्दन पाउडर, आधा चम्चा केलामाइन पाउडर, थोरै दूध र आधा चम्चा मह, थोरै मात्रामा दही वा गुलाबजलमा घोलेर सातामा दुई–तीनपटक प्रयोग गर्नुपर्छ । यसबाट छालाको कालोपन हट्छ र छालामा निखार आउँछ ।
  • एक–एक चम्चा चन्दन पाउडर, मुल्तानी माटो र केही थोपा ग्लिसिरिनमा दुई चम्चा गुलाबजल हाली तयार गरिएको पेस्ट सातामा तीनपटक नुहाउनुपूर्व लगाए सुन्दर एवं निखारयुक्त अन्डर आम्र्स प्राप्त गर्न सकिन्छ ।

     

 Image