Successfully Copied

आँखाको सुन्दरता

अहिले कलर्ड कन्टेक्ट लेन्सको सबैभन्दा बढी क्रेज युवतीहरूमा पाइन्छ । कन्टेक्ट लेन्स पहिले आँखाबाट भद्दा र मोटो देखिने चस्मा उतार्न वा कमजोर दृष्टि भएकाहरूका लागि उचित विकल्पका रूपमा परिचित हुन्थ्यो भने अहिले यो स्टाइलिस र फेसनेबल पक्ष बन्न पुगेको छ ।

फेसन कलर्ड कन्टेक्ट लेन्स

अहिले कलर्ड कन्टेक्ट लेन्सको सबैभन्दा बढी क्रेज युवतीहरूमा पाइन्छ । कन्टेक्ट लेन्स पहिले आँखाबाट भद्दा र मोटो देखिने चस्मा उतार्न वा कमजोर दृष्टि भएकाहरूका लागि उचित विकल्पका रूपमा परिचित हुन्थ्यो भने अहिले यो स्टाइलिस र फेसनेबल पक्ष बन्न पुगेको छ । कलर्ड कन्टेक्ट लेन्सले आँखाको रंग मात्र परिवर्तन गर्दैन, आँखालाई आकर्षक पनि बनाउँछ ।

हिजोआज बजारमा युवतीहरूका लागि अलग–अलग रंगका कन्टेक्ट लेन्स उपलब्ध छन् जसको आकर्षण बढ्दो छ । यसमा नेचुरल, कन्ट्रास्ट, ब्ल्याक, युवी, ब्लु, गोल्डेन, ग्रीन, पर्पल, पहेंलो, पिंक, सेतो, रातो तथा ग्रे आदि रंग लोकप्रिय छन् । युवतीहरू आफ्नो पहिरन, छालाको रंग र मेकअपअनुरूप यी रंगमध्ये कुनै पनि रंगका कन्टेक्ट लेन्स छनोट गर्न सक्छन् । जसले तिनको आँखाको रंग बदल्नुका साथै अरूभन्दा अलग रूपमा प्रस्तुत गर्छ । कलर्ड कन्टेक्ट लेन्स खरिद गर्दा त्यसको ब्रान्ड एवं विश्वसनीयतामा विचार पुर्‍याउनुपर्छ । अनलाइन सर्च गरेर वा त्यस्तो लेन्स प्रयोग गरिरहेका व्यक्तिको अनुभवबाट यस विषयमा बुझ्न सकिन्छ । आँखा हाम्रो शरीरको सबैभन्दा महत्वपूर्ण एवं संवेदनशील अङ्ग भएकाले यसको प्रयोगपूर्व चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ ।

लेन्सको कलर छालाको रंग र केश, आइल्यासेस, आँखीभौंको रंगलाई ध्यानमा राखी छनोट गर्नुपर्छ । छालाको रंग गोरो छ भने डार्क लेन्स अर्थात् डार्क ब्राउन, डार्क ब्लु, डार्क ग्रीन, उचित हुन्छ । छालाको रंग डार्क छ भने ब्राइट कलर छनोट गर्नु ठीक हुन्छ । आफ्नो समस्यालाई विचार गरेर मात्र लेन्स खरिद गर्नुपर्छ । कारण डिस्पोजेबल लेन्स एक–दुई महिनाका लागि मात्र हुन्छ ।

विचार गर्नुपर्ने कुरा

  • लेन्स सफा गरेर मात्र लगाउनुपर्छ ।
  • समय–समयमा लेन्स सफा गरिरहनुपर्छ ।
  • लेन्स सधैं आरामपूर्वक लगाउनुपर्छ र उतार्दा पनि हतार गर्नु हुँदैन ।  
  • नुहाउँदा वा स्वीमिङ गर्दा लेन्स उतार्नुपर्छ ।
  • आँखालाई नियमित रूपमा जँचाउँदा कुनै प्रकारको समस्या हुँदैन ।
  • लेन्सलाई त्यसकै प्याकेटमा राख्नुपर्छ । प्याकेटको सरसफाइमा पनि विचार पुर्‍याउनुपर्छ ।
  • आफ्नो लेन्स अरुसित सेयर गर्नु हुँदैन, कारण यसबाट आँखामा इन्फेक्सन भएर ब्याक्टेरिया फैलन सक्छ ।
  • लेन्स सधैंै सफा राख्नुपर्छ । मैलो लेन्समा इन्फेक्सनको सम्भावना बढ्छ ।
  • टुटेको वा क्रेक भएको लेन्स प्रयोग गर्नु हुँदैन ।

 Image