Successfully Copied

फूलमाया

‘फूलमाया’ मा श्रीमान् लाहुर गएपछि श्रीमतीले तीनवटा लालाबाला हुर्काउन गरेको दु:ख र संघर्षको कथा छ ।

नारी केन्द्रित मार्मिक कथा : फूलमाया

लेखक खगेन्द्र संग्रौलाको ‘फूलमाया’ उपन्यासले नारीलाई केन्द्रमा राखेको छ । ‘फूलमाया’ मा श्रीमान् लाहुर गएपछि श्रीमतीले तीनवटा लालाबाला हुर्काउन गरेको दु:ख र संघर्षको कथा छ । आजभन्दा २७ वर्षअघि लेखिएको फूलमायाले पश्चिम नेपाल बन्दीपुरको कथा प्रस्तुत गरेको छ । यद्यपि कथा जुनसुकै नेपाली समाजको जीवन्त तस्बिरसरह छ । ‘फूलमाया’ ले अत्याचार नसहने आँटिली नारीको चित्रण गरेको छ भने जीवनका उकाली–ओरालीमा आउने बाधाहरूलाई छिचोल्ने प्रयास नै सर्वोत्तम हो भन्ने सन्देश दिएको छ ।

भाषाको मिठास ‘फूलमाया’ को घतलाग्दो पक्ष हो । यो उपन्यासमा खगेन्द्र संग्रौला लजालु तथा मार्मिक कथावाचकका रूपमा देखा परेका छन् ।

पुस्तक : फूलमाया (उपन्यास)

लेखक : खगेन्द्र संग्रौला

प्रकाशक : अर्किड बुक्स

मूल्य : रु. २०० ।

–विनीता लुइँटेल

 Image