Successfully Copied

अहिलेको नेपाली फेसन ट्रेण्ड

हामी पहिलेदेखि इस्टर्न फेसनको पछि लाग्थ्यौं । फलाना हिरोइनको जस्तो वा फलानो सिरियलको पात्रले लगाउने पहिरनबाट नेपाली फेसन प्रभावित थियो तर अहिले वेस्टर्न पहिरन पनि उतिकै रुचाइएको छ ।

अहिले नेपाली फेसनमा कस्तो ट्रेन्ड भित्रिएको छ ?

इस्टर्न र वेस्टर्नको फ्युजन फेसन चलिरहेको छ । हामी पहिलेदेखि इस्टर्न फेसनको पछि लाग्थ्यौं । फलाना हिरोइनको जस्तो वा फलानो सिरियलको पात्रले लगाउने पहिरनबाट नेपाली फेसन प्रभावित थियो तर अहिले वेस्टर्न पहिरन पनि उतिकै रुचाइएको छ । अहिले बलिउडबाट प्रभावित लेहेंगा चोलीमा वेस्टर्न गाउनको मिक्स डिजाइन फेसनमा छ । अहिले डे वेयरमा वेस्टर्न तथा पार्टीका लागि इन्डियन लेहेंगा चोली चल्तीमा छ । नेपाली फेसनले पनि आफ्नो पहिचान खोजेजस्तो देखिन्छ तसर्थ ढाकाको कपडा प्रयोग गरी डिजाइनर वेयरहरू बनाइएको छ ।

 

तपाईंकहाँ कस्ता ग्राहक बढी आउँछन् ?

मकहाँ धेरैजसो २५ वर्षभन्दा माथिका महिला आउँछन् । मेरो टार्गेट पनि यही उमेर समूह हो । किनभने टिनएजरहरूले चाहेर पनि डिजाइनर ड्रेस बनाउन सक्दैनन् ।

 

अहिले कस्ता गाउनको माग छ ?

फिट एण्ड फ्लेयर गाउन जुन माथि बडी टच तथा मुनी फुरुरु परेको हुन्छ को माग छ भने बक्सी, फिससेप, मरमेट गाउनहरू पनि फेसनमा छन् तर बढी माग फिट एण्ड फ्लेयरकै छ ।

अहिले कुन फेब्रिक चल्तीमा छ ?

बढी मात्रामा सिल्क प्रयोग भैरहेको छ । त्यसपछि नेट, रसिल्क, जर्जेट, सिफन तथा मेसिनले भरिएको सेल्फ इम्ब्रोइडरी फेब्रिक चलिरहेको छ ।

अहिलेको नेपाली फेसन बजार कस्तो हुँदैछ ?

निकै राम्रो हुँदै आएको छ । पहिलेका मानिसहरू पनि नयाँ डिजाइन लगाउन चाहन्छन् । हिजोआज धेरैजसो मानिस फेसनप्रति सचेत हुँदैछन् ।

फेसन डिजाइनर मनीष राईसँगको कुराकानी:

 

 Image