Successfully Copied

स्वाद र स्वास्थ्यबाट भरपुर खरबुजा

खरबुजाको मिठासविना गर्मीको मौसममा कल्पना गर्न सकिंदैन । यसमा पानीको मात्रा ९० प्रतिशतसम्म हुने गर्दछ ।

खरबुजाको मिठासविना गर्मीको मौसममा कल्पना गर्न सकिंदैन । यसमा पानीको मात्रा ९० प्रतिशतसम्म हुने गर्दछ । यसले हामीलाई गर्मीमा डिहाइड्रेशनबाट जोगाउने गर्दछ । यसमा एन्टी अक्सिडेन्ट तत्व पनि हुने गर्छ । जसले हाम्रो रोग प्रतिरोधक क्षमता बढाउनमा मद्दत गर्छ । यो निम्न प्रकारले फाइदाजनक हुने गर्छ ।

  • खरबुजा सिटुलिन नामक अमिनो एसिड हुने गर्दछ, जुन रक्त संचारलाई सुचारु बनाइराख्नमा सहायक हुन्छ  र मांसपेसीलाई पीडा र सुजनबाट पनि बचाउने गर्दछ ।
  • यो हाइ ब्लडप्रेसर नियन्त्रण गर्नमा पनि सहायक हुने गर्छ ।
  • किड्नीका लागि पनि अत्यन्त फाइदाजनक हुने गर्छ । विशेष गरी यसले अत्याधिक युरिनेशनको समस्यालाई नियन्त्रीत गर्दछ ।
  • खरबुजामा भिटामिन बी–६, मेग्नेशियम, फस्फोरस, पोटेशियम, जिंक र कपर जस्ता पोषक तत्व पाइने गरिन्छ, जनु ब्रेनका लागि विशेष गरी लाभदायक हुने गर्छ ।
  • खरबुजामा पाइने लाइकोपीनले त्वचाको रोगलाई निखार्ने कार्य गर्दछ ।
  • पेसल्वेनिया युनिभर्सिटीका वैज्ञानिकहरूद्वारा गरिएको रिसर्च अनुसार खरबुजाले क्यान्सरबाट पनि बचाव गर्ने गर्दछ ।
  • यो भिटामिन ए, सी र बी–६ को सबैभन्दा ठूलो स्रोत हो, जो आँखा, त्वचा र मस्तिष्कका लागि फाइदाजनक हुने गर्छ । यस बाहेक यसमा भएको भिटामिन ए त्वचा र कपालका लागि नयाँ कोशिका तयार गर्नमा पनि सहायक हुने गर्दछ ।

  • खरबुजामा भएको कोलेजन नामक तत्व त्वचा र कपालका लागि सुरक्षा कवचको कार्य गर्दछ ।
  • खरबुजामा ग्लाइसेमिक इन्डेक्स मीडियम हुने गर्दछ । यसैले डायबिटिजको बिरामीका लागि यसको सेवन उपयुक्त हुन्छ ।
  • यसमा भएको बीटा केरोटीन ह्दय रोगको आशंका हटाउनका लागि मद्दतगार हुन्छ साथै शरीरको टुटेफुटेको कोशिका मर्मत गर्न पनि सहयोगी हुने गर्दछ ।
  • सेलेनियम नामक पौष्टिक तत्व मात्र खरबुजाको बियाँसँग पाइने गर्छ, जसले त्वचालाई असमय रिङ्कल पर्नबाट जोगाउने गर्दछ । यसैले यसको बियाँलाई घाममा सुकाएपछि भुटेर खाँदा त्वचाका लागि लाभदायक हुन्छ ।
  • खरबुजामा भएको आयरन एनिमिया हटाउन सहायक हुने गर्दछ ।
  • यदि यसलाई नुन र कालो खुर्सानीको साथमा खाने हो भने यो एसिडिटी हटाउनका लागि पनि फाइदाजनक हुन्छ ।
  • यसमा भरपुर मात्रामा फाइबर हुने गर्दछ । यसैले यसले पाचन तन्त्रलाई दुरुस्त राख्ने गर्दछ । नियमित रूपमा सेवन गर्ने हो भने यसले कब्जियतको समस्या पनि हटाउने गर्दछ ।
  • यदि मुहारमा ब्ल्याक हेड्सको समस्या छ भने काटिएको खरबुजाको टुक्रालाई प्रभावित स्थानमा स्क्रबको रूपमा रगड्ने गरेमा यो समस्या हट्ने गर्दछ ।

 Image