Successfully Copied

जब छोरी तरुनी हुन्छिन्

आमा त्यतिबेला चिन्तित हुन्छिन्, जब उनले आफ्नी छोरी आफ्नै अगाडि क्रमश: युवती हुँदै गएको देख्छिन् । यस्तोबेलामा आमालाई आफू युवती हुने क्रममा आएका समस्या, मनमा आउने भावना एवं स्वर्णिम कल्पनामा बिताएका दिनहरूको सम्झना आउन थाल्छ । जतिबेला छोरीको वक्षस्थल भरिँदै जान्छ र उनी

आमा त्यतिबेला चिन्तित हुन्छिन्, जब उनले आफ्नी छोरी आफ्नै अगाडि क्रमश: युवती हुँदै गएको देख्छिन् । यस्तोबेलामा आमालाई आफू युवती हुने क्रममा आएका समस्या, मनमा आउने भावना एवं स्वर्णिम कल्पनामा बिताएका दिनहरूको सम्झना आउन थाल्छ । जतिबेला छोरीको वक्षस्थल भरिँदै जान्छ र उनी लजाउन–धकाउन थाल्छिन् अथवा रजस्वलापछिका दिनमा आउने समस्यालाई लिएर दु:खी हुन थाल्छिन् । यस्तो बेलामा आमाको मनमा अलिकति खुसी र अलिकति ईष्र्या देखिन थाल्छ । यो त्यही समय हो, जतिबेला आमाको व्यवहार सहयोगी एवं व्यावहारिक हुनुपर्छ ।

  • यदि आफूसँग छोरी अलिअलि डर मान्छिन् भने सबैभन्दा पहिले उनको मनमा भएको डर निकाल्ने प्रयास गर्नुपर्छ । डराउने व्यक्तिसँग मानिसले सबै कुरा भन्दैन । एउटी आमाले जबसम्म छोरीको मनको डर हटाउन सक्दिनन्, उनी सफल भएको मानिँदैन ।
  • सयम, उमेर र साथीभाइको संगतले आमा र छोरीबीचको बौद्धिकता, सोच्ने शक्ति तथा व्यवहार गर्ने तरिकामा धेरै भिन्नता आउँछ । यस्तो बेलामा आमाले छोरीसँग आधुनिक जमाना एवं प्राविधिक कुराहरू सिक्नुपर्छ । यदि सिक्न नसके सिकेजस्तो, छोरीले सिकाएको कुरा लागू गरेजस्तो गर्नुपर्छ । यसो गर्दा छोरीलाई पनि आफूले सिकाएको कुरा लागू गराउन मद्दत मिल्छ ।
  • टेलिभिजन, पत्रपत्रिका आदिको सर्वसुलभताले एउटी किशोरीले युवती हुँदा नहुँदै धेरै कुरा थाहा पाइसकेकी हुन्छिन् । संचारमाध्यमले किशोरीहरूलाई समयभन्दा चाँडै युवती बनाइदिन्छन् । यस्तो बेला आमाले उनीहरूमा सामन्जस्यता स्थापित गर्न सक्नुपर्छ ।

छोरीले भनेको कुरालाई हाँसोमा उडाइदिने, उनको कुरा गम्भीर भएर नसुन्ने, परेको समस्याको समाधान नखोज्ने आमाप्रति छोरीले कहिल्यै विश्वास गर्दिनन् ।

  • रजस्वला हुँदा, कसैले प्रेम प्रस्ताव राख्दा वा डेटिङ जाँदा पर्ने अप्ठ्याराहरूका सम्बन्धमा पहिले नै सचेत गराउनुपर्छ । यस्ता कुरा प्रेमपूर्वक गर्नु राम्रो मानिन्छ ।
  • आमा प्रेमकी मूर्ति हुन् । आमाको मनमा कुनै स्वार्थ हुँदैन । यद्यपि कहिलेकाहीँ कुनै कुराले आमा स्वार्थी त हुनुहुन्न भन्ने भावना छोरीको मनमा आउन सक्छ । किनभने यो उमेर चाहिँदो नचाँहिदो सोच्ने उमेर हो । यस्ता कुरामा सधैं सन्तुलन राख्नुपर्छ ।
  • छोरीले भनेको कुरालाई हाँसोमा उडाइदिने, उनको कुरा गम्भीर भएर नसुन्ने, परेको समस्याको समाधान नखोज्ने आमाप्रति छोरीले कहिल्यै विश्वास गर्दिनन् । त्यस्तो स्थितिमा छोरीले विश्वास नगर्ने कुनै काम मबाट भैरहेको त छैन भनेर राम्रोसँग विचार गर्नु बुद्धिमानी हुन्छ ।
  • शारीरिक परिवर्तनसँगै मानसिकतामा पनि परिवर्तन आउँछ । शारीरिक परिवर्तनले छोरीलाई अत्याएको हुन सक्छ । यस्तो बेलामा उनीहरू दाजुभाइ वा बुवाको अगाडि जान लाज मान्छन् । यो समस्या आमाले बुझ्नुपर्छ । आफ्ना श्रीमान्लाई छोरीको अवस्थाका सम्बन्धमा जानकारी गराएर छोरीलाई आवश्यक पर्दा मात्र बोलाउनू भनेर सुझाव दिनुपर्छ । 
  • आफ्नी छोरीका साथीभाइ कस्ता छन्, उनीहरू घरपरिवारको आर्थिक हैसियत कस्तो छ, जानकारी लिइरहनुपर्छ तर जानकारी लिने तरिका अलि फरक हुनुपर्छ । उदाहरणका लागि उनका मिल्ने साथीहरूलाई घरमा बोलाउने, उनीहरूसँग मीठो बोलेर उनीहरूको पृष्ठभूमिसम्बन्धी जानकारी लिने आदि । त्यस्तो जानकारीले आफ्नै छोरीसँग खुलेर कुरा गर्न सजिलो हुन्छ ।

 Image