Successfully Copied

स्मार्ट किचेनका लागि

इन्डक्सन चुल्हो न धूवाँ, न ग्यास, न आगोको झन्झट । नेपालमा अहिलेको अवस्थामा सबैको रोजाइमा परेको इन्डक्सन चुल्हो गृहिणीहरूको निकै लोकप्रिय किचेन ग्याजेट बनेको छ । इन्डक्सन चुल्होमा बोयलिङ, फ्राइङ, रोटी, तरकारी आदि

 

इन्डक्सन चुल्हो

न धूवाँ, न ग्यास, न आगोको झन्झट । नेपालमा अहिलेको अवस्थामा सबैको रोजाइमा परेको इन्डक्सन चुल्हो गृहिणीहरूको निकै लोकप्रिय किचेन ग्याजेट बनेको छ । इन्डक्सन चुल्होमा बोयलिङ, फ्राइङ, रोटी, तरकारी आदि सबै खाना पकाउन सकिन्छ । यो इको फ्रेन्डली पनि छ । यो बिजुलीबाट चल्छ र यसमा अलग–अलग किसिमको कुकिङका लागि तापक्रम घटाउने र बढाउने अप्सन छन् । अटोमेटिक प्यान डिटक्सनको सुविधा भएको इन्डक्सन चुल्होमा चाइल्ड लक अप्सनका अतिरिक्त टाइमर फंक्सन पनि हुन्छ । अहिले बजारमा यासुदा, बजाज, सूर्या, प्रेस्टिज, सिजी, बाल्ट्रा, फिलिप्स आदि कम्पनीका इन्डक्सन चुल्हो उपलब्ध छन् । इन्डक्सन चुल्होको मूल्य ३ हजार ५ सयदेखि ८ हजार रूपैंयाँसम्म पर्छ । अधिकांश इन्डक्सन चुल्हा टच कन्ट्रोल वा बटन सिस्टममा उपलब्ध छन् । यसबाट आफूलाई आवश्यकताअनुसार ताप घटबढ गर्न सकिन्छ । इन्डक्सन चुल्होले चुम्बकीय प्रतिक्रियाबाट भाँडालाई तताउने काम गर्छ । यसको ताप सीधै भाँडामा पर्ने हुनाले एकदमै छिटो तात्छ भने ताप सबैतिर एकनास बहन्छ ।

वाटर प्युरिफायर

पारिवारिक स्वास्थ्यका लागि पानी स्वस्थ एवं शुद्ध हुनुपर्छ । त्यसका लागि घरमा वाटर प्युरिफायर राख्नु जरुरी छ । बजारमा आरओ वाटर प्युरिफायर, मुवी वाटर प्युरिफायर आदि उपलब्ध छन् । यसमा पानीको ब्याक्टेरिया हटाएर पूरा शुद्ध बनाइन्छ जसका कारण परिवार पानीबाट हुने रोगबाट जोगिन्छ ।

एयरफायर

परिवारलाई हेल्दी राख्न किचेनमा एयरफायर राख्नुपर्छ । एयरफायरको प्रयोगबाट ओयल फ्रि, कम तेलमै फ्रेन्चफ्राइ, वेजर्स, चिकेन नगेट्सका साथ धेरै प्रकारका खाना बनाएर परिवारको मन जित्न सकिन्छ । ओयल ट्रेन बास्केट तथा इन्सुलेटेड साइड हेन्डल्स भएकाले एयरफायरले किचेनलाई स्मार्ट लुक्स मात्र दिँदैन यो स्मार्ट कुकिङ अप्सन पनि हो ।

इलेक्ट्रिक तन्दुर

खाना स्वादिलोका साथमा हेल्दी पनि भए सुनमा सुगन्ध हुन्छ । इलेक्ट्रिक तन्दुरलाई आफ्नो भान्साको हिस्सा बनाएर बेकिङ, बार्बिक्यु, ग्रिलिङ, रोस्टिङ आदि सजिलै गर्न सकिन्छ । इलेक्ट्रिक तन्दुरले कुकिङको नयाँ लेबलमा पुर्‍याउँछ । कम समयमा सजिलै नयाँ–नयाँ खाना बनाउने इलेक्ट्रिक तन्दुरलाई सजिलै सफा गर्न सकिन्छ । ओयल फ्रि कुकिङका लागि यो राम्रो किचेन ग्याजेट पनि हो । धेरैलाई प्रेसर, सुगरजस्ता रोगले सताएको यो समयमा इलेक्ट्रिक तन्दुर उत्तम ग्याजेट हो । यसले जिन्दगीलाई सहज एवं स्मार्ट बनाउँछ ।

भ्याकुम क्लिनर

आधुनिक व्यस्त जीवनमा पहिले जस्तो घरमा बसेर कुचो वा ब्रसले बढारेर घर सफा गर्ने, पुछ्ने समय छैन । यसको राम्रो विकल्पका रूपमा भ्याकुम क्लिनरलाई लिन सकिन्छ । यो स्मार्ट गृहिणीको मुख्य च्वाइसको होम ग्याजेट हो । यसले केही क्षणमै कोठाको धूलो सफा गरेर घरलाई क्लिन लुक्स दिन सहयोग गर्छ ।

वासिङ मेसिन

आधुनिक महिलाहरूको प्रमुख च्वाइसको होम ग्याजेट वासिङ मेसिन पनि हो । दिनभरि लगाएर लुगा धुने समय अहिले छैन । आफ्नो बजेट र पानीअनुसार सेमी र फुल अटोमेटिक वासिङ मेसिन बजारमा उपलब्ध छ । न सर्फमा डुबाइराख्ने झन्झट, न साबुन लगाएर मैलो निचोर्ने टेन्सन, न पखाल्ने, न सुकाउने टन्टा । यी सबै सुविधाकै कारण अहिले हरेक घरको आवश्यक सामग्रीका रूपमा वासिङ मेसिन पनि पर्न थालेको छ ।

 Image