Successfully Copied

साहसी रूपा

राजधानीका डान्स बार, रेस्टुराँ तथा होटलहरू चहारेर चेलिबेटी बेचबिखनका बारेमा गहिरो अनुसन्धान गरिन्, पाल्पा तानसेनस्थित, धुवाँकोटकी रूपा शर्मा ‘नेहा’ ले । १४ वर्षदेखि पत्रकारितामा संलग्न शर्माले अनुसन्धानका क्रममा कैयौं रात ठमेलका डान्सबार तथा रेस्टुराँहरू पुगेर जोखिम मोलिन् ।

राजधानीका डान्स बार, रेस्टुराँ तथा होटलहरू चहारेर चेलिबेटी बेचबिखनका बारेमा गहिरो अनुसन्धान गरिन्, पाल्पा तानसेनस्थित, धुवाँकोटकी रूपा शर्मा ‘नेहा’ ले १४ वर्षदेखि पत्रकारितामा संलग्न अनुसन्धानका क्रममा कैयौं रात ठमेलका डान्सबार तथा रेस्टुराँहरू पुगेर जोखिम मोलिन् । रेस्टुराँ, डान्सबार तथा होटलबाटै चेलीहरू बेचिने उनको अनुसन्धानपछि अहिले सबैको ध्यान यसतर्फ तानिएको छ । रूपा भन्छिन्–‘कतिपय म्यानपावर व्यवसायी तथा एजेन्टहरूले युवतीहरूलाई विभिन्न प्रलोभन दिँदै विदेश पठाइरहेका छन् । विदेश पुगेपछि ती चेलीहरूको बिचल्ली हुन्छ ।’ यो समस्याको समाधान गर्न राज्यले पहल गर्नुपर्ने शर्माको जोड छ । मेट्रो एफएममा कार्यक्रम उत्पादक तथा समाचारवाचकका रूपमा कार्यरत शर्माका संकल्प र मन्थन शीर्षकका दुई कार्यक्रम मेट्रो एफएमबाटै प्रसारण भैरहेका छन् । उनी सेन्ट्रल फर अवेयरनेस प्रमोसन नेपाल क्याप नेपालमा मिडिया कन्सल्टेन्ट तथा मोबिलाइजेसन फर सस्टेनेबल डेभलप्मेन्ट नेपालकी अध्यक्ष पनि हुन् । फरक एवं साहसिक काम गर्न रुचाउने शर्माले केहीअघि कोरियनसँग विवाह गरेर गएका नेपाली महिलाहरूको बिचल्लीका बारेमा कोरिया पुगेरै रिपोर्टिङ गरेकी थिइन् ।

 Image