Successfully Copied

स्तन तथा पाठेघरको क्यान्सर परिक्षण गर्न स्वास्थ्य शिविर

नेपाल अर्वुद्धरोग निवारण संघ काठमाडौं शाखा, साखु जेसिस, इनर विल वागमतीको संयुक्त आयोजनामा काठमाडौं जिल्ला शंखरापुर सानागाउ इन्द्रणी उच्चमाविमा आज एक दिने स्तन तथा पाठेघरको परिक्षण र आँखा जाँच शिविर

नेपाल अर्वुद्धरोग निवारण संघ काठमाडौं शाखा, साखु जेसिस, इनर विल वागमतीको संयुक्त आयोजनामा काठमाडौं जिल्ला शंखरापुर सानागाउ इन्द्रणी उच्चमाविमा आज एक दिने स्तन तथा पाठेघरको परिक्षण र आँखा जाँच शिविर सम्पन्न भयो ।  महिला पाठेघर श्राव परिक्षण गर्दा यँहाका करिब दश प्रतिशत महिलाहरुमा पाठेघरको संक्रमण फेला परेको छ । यसमा पनि दुई जनामा बायोरिस गर्नुपर्ने क्रिटिकल अवस्था भेटिएको छ। 

यसैगरी, २ सय जनाको आँखा परिक्षण गर्दा ४० प्रतिशत मानिसहरुमा मोतिविन्दुको समस्या देखिएको छ । जसमा बालबालिकाहरुले आँखामा चस्मा लगाउनुपर्ने र  उनीहरुको आँखामा मासु पलाउने जस्ता समस्या भेटिएको अर्वुद्धरोग निवारण शाखाकी सचिव दिव्य लक्ष्मि बज्रचार्यले जानकारी दिइन । शिवरमा ३० देखी ७० वर्षका महिलाहरुले स्तन तथा पाठेघरको परिक्षण गराइ स्वास्थ्य लाभ लिएका छन् ।

सानागाउका महिलाहरु लाजले पाठघरमा भएको संक्रमण लुकाउने र अस्पताल नजाने गरेको थाहा पाएपछि यँहा स्वस्थ्य शिविरको आयोजना गरेको नेपाल अर्वुद्धरोग संघकी सदस्य जुना श्रेष्ठले जानकारी दिइन । शिवरलाई सफल बनाउन र भोल्युन्टर गर्नका लागि लाइन्स कल्बका सदस्य, नेपाल फेसन होमकी हेमा मानन्धर र मिस नेवा २०१४ की क्राउन होल्डर अलिसा बज्रचार्य  लगायतका विभिन्न व्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

 Image