Successfully Copied

गर्भपतन भयावह कुरा हो

गत महिना नारीमा ‘भ्रूणहत्या : साइलेन्स सुनामी’ पढ्दा आङ नै जिरिङ्ग भयो । प्राकृतिक रूपमा निश्चित अवधिसम्म गर्भाशयमा रहने शिशुलाई प्राकृतिक रूपमा स्वत: जन्मनुअघि प्राणरहित गरी वा जीवनको अस्तित्वविहीन पारी बाहिर फाल्ने वा निकाल्ने कार्यलाई पक्कै पनि राम्रो मान्न सकिँदैन ।

गत महिना नारीमा ‘भ्रूणहत्या : साइलेन्स सुनामी’ पढ्दा आङ नै जिरिङ्ग भयो । प्राकृतिक रूपमा निश्चित अवधिसम्म गर्भाशयमा रहने शिशुलाई प्राकृतिक रूपमा स्वत: जन्मनुअघि प्राणरहित गरी वा जीवनको अस्तित्वविहीन पारी बाहिर फाल्ने वा निकाल्ने कार्यलाई पक्कै पनि राम्रो मान्न सकिँदैन । कुनै पनि महिलाको गर्भमा रहेको भ्रूणलाई स्वाभाविक रूपमा जन्मन नदिई कृत्रिम तरिका अपनाएर तुहाउने काम एक प्रकारको हत्या हो । नेपालमा गर्भपतनलाई कानुनी मान्यता प्राप्त भएको छ, जुन कतिपय अवस्थामा उपयुक्त मान्न सकिए पनि त्यसलाई दुरुपयोग गर्दै गर्भपतन गराउनुलाई राम्रो मान्न सकिँदैन । विभेदकारी, गैरकानुनी एवं अमानवीय गर्भपनलाई प्रश्रय दिने काम राज्यबाटै भएजस्तो देखिनु पक्कै पनि उचित होइन । यस विषयमा कानुनभन्दा पनि जनचेतना एवं सचेतता वृद्धि गराउन राज्यले विशेष भूमिका निर्वाह गर्नु आवश्यक छ ।

सुजाता काफ्ले, काठमाडौं

 Image