Successfully Copied

तीज गीत ‘बरी लैं’ बजारमा

नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा तीज सम्बन्धी विभिन्न गीतहरु सार्वजनिक हुने क्रम गर्माएको छ । विगतका वर्षहरुमा झै यो वर्ष पनि विभिन्न लय तथा शब्दका तीज गीतहरु धमाधम बजारमा ल्याउन गायिकाहरु यतिबेला अति नै व्यस्त हुन थालेका छन् । तिजकै अवसर पारेर

नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा तीज सम्बन्धी विभिन्न गीतहरु सार्वजनिक हुने क्रम गर्माएको छ । विगतका वर्षहरुमा झै यो वर्ष पनि विभिन्न लय तथा शब्दका तीज गीतहरु धमाधम बजारमा ल्याउन गायिकाहरु यतिबेला अति नै व्यस्त हुन थालेका छन् । तीजकै अवसर पारेर पूर्वकी गायिका अन्जु गौतमले पनि ‘बरी लै’ बोलको नयाँ गीत बजारमा ल्याएकी छिन् । ‘छमछम नाचन कम्मर भाचन लाउने छैन कसैले हामीलाई शासन’ जस्ता शब्दले भरिएको तिज गीतमा  अन्जुको आवज सुन्न सकिन्छ । 

समसामयिक विषयमा आधारित यस गीतमा शब्द अर्थात लय संकलन भानु ओलीको छ भने, संगीत संयोजन आशीष अवीरलले गरेका छन् । तीज गीतमा दिदिबहिनी जम्मा भएर आफ्नो दु:ख सुख गीत मार्फत पोख्ने गर्छन । वर्षाैदेखी परम्पराका रुपमा मानिदै आएको प्रचलित तीज भाकालाई गायिका अन्जु गौतमले मौलिकताका साथ संरक्षण गर्न चुकेकी छैनन् । 

भिडियो:

 Image