Successfully Copied

स्लिम देखिने उपाय

अधिकांश महिला स्वस्थ र जवान देखिन चाहन्छन् र त्यसका लागि आफ्ना तर्फबाट पूर्णरूपमा प्रयास पनि गर्छन् । व्यस्त जीवनशैलीका कारण धेरैलाई फिटनेसमा ध्यान दिने फुर्सद हुँदैन ।

अधिकांश महिला स्वस्थ र जवान देखिन चाहन्छन् र त्यसका लागि आफ्ना तर्फबाट पूर्णरूपमा प्रयास पनि गर्छन् । व्यस्त जीवनशैलीका कारण धेरैलाई फिटनेसमा ध्यान दिने फुर्सद हुँदैन । यस्तोमा पहिरन शैली र एसेसरिजको सही छनोटले स्लिम लुक प्राप्त गर्न सकिन्छ ।

कस्तो हुनुपर्छ आउटफिटको फिटिङ र लेन्थ ?

–मोटोपन लुकाउन ओवर साइजका कपडा लगाउनु हुँदैन । कपडाको फिटिङ र हेमलाइनमा विशेष ध्यान पुर्‍याउनुपर्छ ।

–एङ्कल लेन्थ वा त्यसभन्दा लामो ब्ल्याक, नेवी, जिन्स वा ट्राउजर लगाउनुपर्छ । यसका साथमा स्लिम फिट सर्ट, टेलर्ड ब्लेजर वा ज्याकेट लगाउन सकिन्छ ।

–घुँडासम्म लामो पेन्सिल वा ए लाइनर स्कर्ट पनि स्मार्ट विकल्प हो ।

–केप्री पाइन्ट, लङ ब्यागी सोर्ट्स, सर्ट टप, धेरै टाइप ड्रेस, सेपलेस हाफ लेन्थ स्कर्ट आदि लगाउनु हुँदैन ।

–धेरै टाइट वा लुज पहिरन लगाउनु हुँदैन । यसबाट मोटोपन लुक्नुको साटो अझ बढी हाइलाइट हुन्छ । सही फिटिङ पहिरन लगाउनुपर्छ ।

–मोटोपन धेरै छ भने थ्री फोर्थ, फुल स्लिभ उपयुक्त हुन्छ ।

–खुट्टा धेरै मोटा भए सर्ट ड्रेसका साथमा डार्क कलरको स्टकिङ्स लगाउनुपर्छ ।

परम्परागत पहिरन लगाउँदा

–फेस्टिभ सिजन वा विवाहको अवसरमा जर्जेट, सिफनजस्ता सफ्ट फेब्रिकमा डार्क कलरको साडी लगाउनुपर्छ ।

–लोयर बडी हेभी छ भने शरीरलाई सन्तुलित लुक दिन सोल्डर प्याड प्रयोग गर्न सकिन्छ ।

–एम्पायर लाइन तथा कलिदार कुर्ताले पनि लोअर बडीलाई कभर गर्छ ।

–इन्डो वेस्टर्न आउटफिटको चाहना छ भने सिफन, जर्जेटजस्ता फ्लोवी फेब्रिकयुक्त ट्रेडिसनल गाउन, अनारकली, ट्युनिक आदि प्रयोग गर्न सकिन्छ ।

–मोर्डन लुकका लागि सिफन तथा जर्जेटको प्लेन स्कर्टका साथमा कोर्सेट लगाउनुपर्छ । कोर्सेटबाट बडीलाई परफेक्ट सेप प्राप्त हुन्छ ।

–वस्ट साइज ठूलो छ भने लो नेकयुक्त आउट फिट सुहाउँदो हुन्छ । ब्राको छनोटमा पनि ध्यान पुर्‍याउनुपर्छ । बजारमा उपलब्ध मिनिमाइजर ब्रा छनोट गर्न सकिन्छ ।

–फेस्टिभ सिजनमा हेभी आउटफिट लगाउनु छ भने त्यस्तो आउटफिट छनोट गर्नुपर्छ, जसको लोअर पार्टमा एम्बेलिसमेन्ट गरिएको होस् । यसो गर्दा शरीरको माथिल्लो भागमा अरूको ध्यान जाँदैन ।

रंगको छनोट कसरी गर्ने ?

–मोटोपन लुकाउन रंग अत्यन्त उपयोगी हुन्छ । पहिरनअनुसार सही रंग छनोट गरियो भने सहज रूपमा स्लिम देखिन सकिन्छ ।

–ब्ल्याक, ब्राउन, ग्रीन, ब्लु आदि डार्क रंगका पहिरन लगाउनुपर्छ ।

–मोटो शरीर भएका महिलाले डार्क पहिरन लगाउनुपर्छ तर लाइट रंगको ड्रेस लगाउनु छ भने लाइलेक, पिच आदि सफ्ट सेड छनोट गर्नुपर्छ । त्यसको इम्ब्रोइडरी डार्क कलरको हुनुपर्छ ।

–प्रिन्टेड आउटफिट एउटै रंगको हुनुपर्छ ।

–प्रिन्टेड पहिरनमा रुचि छ भने सानो प्रिन्ट, स्ट्राइफ वा चेक्स लगाउन सकिन्छ ।

–ठूलो र बोल्ड प्रिन्ट लगाउनु ठीक होइन, त्यसले अझ मोटो देखिन्छ ।

जिन्सको छनोट कसरी गर्ने ?

–कम्मर मोटो र हिप्स हेभी छ भने लो टु मिड वेस्ट जिन्स उपयुक्त हुन्छ । यसमा कम्मर तथा हिप्स दुवै कम चौडा देखिन्छ । पेट ठूलो छ भने पनि जिन्स लगाउन सकिन्छ ।

–खुट्टा मोटो छ भने बुट–कट जिन्स प्रयोग गर्न सकिन्छ । यो जिन्स माथिबाट फिट र तलबाट लुज र हल्का चौडा हुन्छ । जसमा मोटो खुट्टालाई परफेक्ट आकार प्राप्त हुन्छ । हेभी हिप्स भएका महिलाले पनि बुट–कट जिन्स लगाउन सक्छन् ।

–मोटोपनका कारण स्किनी जिन्स लगाउन सकिन्छ भने स्ट्रेट लेग जिन्स प्रयोग गर्न सकिन्छ । यो जिन्स हेभी शरीर भएका महिलाहरूलाई बढी सुहाउँछ ।

मेक्सी स्कर्टमा यङ

–फिटेड टपका साथमा मेक्सी स्कर्टले स्लिमर लुक प्रदान गर्छ ।

–फिटेड टप र लङ हेमलाइन भएको मेक्सी स्कर्टबाट सेक्सी लुक प्राप्त हुन्छ ।

–मेक्सी स्कर्टसित क्रप्ड ज्याकेट वा स्मार्ट कट ब्लाउज प्रयोग गर्न सकिन्छ ।

–यो पहिरनसित हाइ हिल स्यान्डल प्रयोग गर्नुपर्छ ।

–मेक्सी स्कर्टका साथमा लुज खालको टप लगाउनु हुँदैन ।

–यो पहिरनसित फ्ल्याट फुटवेयर सुहाउँदैन ।

भर्टिकल स्ट्राइप्स

कलर्स जस्तै स्ट्राइप्स पनि स्लिभ लुक प्रदान गर्न उपयोगी हुन्छ । यसका लागि मात्र भर्टिकल स्ट्राइप भएको कपडा प्रयोग गर्नुपर्छ । यसबाट अग्लो देखिन सकिन्छ ।

कसरी गर्ने फेब्रिकको छनोट ?

मोटा महिलाहरूले फेब्रिक छनोट गर्दा सिफन, जर्जेटजस्ता सफ्ट र फ्रि फ्लोविङ फेब्रिकलाई प्राथमिकता दिनुपर्छ ।

–भेल्भेट, ब्रोकेडजस्ता स्टिक र हेभी फेब्रिकको छनोट ठीक होइन । प्याच, बोर्डर आदिका लागि भने यिनको प्रयोग गर्न सकिन्छ ।

–हल्का इम्ब्रोइडरी भएको पहिरन लगाउनुपर्छ । हेभी इम्ब्रोइडरी वा ठूल्ठूला प्रिन्ट्समा मोटो देखिन्छ ।

स्मार्ट एसेसरिजको छनोट

पहिरनका साथमा एसेसरिजको सही छनोट पनि स्लिमर लुकका लागि महत्वपूर्ण हुन्छ ।

 गहना

–अनुहार गोलो छ भने त्यसलाई परफेक्ट सेप र स्लिमर लुक दिन लामो इयरिङ र लामो नेकलेस लगाउनुपर्छ ।

–टप्स वा अत्यन्त सानो आकारको इयरिङ लगाउनु हुँदैन । हेङ्गिन इयरिङ बढी सुट गर्छ ।

–मोटा महिलाले धेरै सानो वा गोलो आकारको  गहना लगाउनु हुँदैन ।

–गर्दन मोटो छ भने चोकर वा बन्द गला भएको  गहना लगाउनु हुँदैन जसले गर्दन बढी मोटो देखिन्छ ।

बेल्ट

–स्लिमर लुकका लागि बेल्ट छनोट गर्दा ध्यान पुर्‍याउनुपर्छ र चौडा बेल्ट लगाउनु हुँदैन ।

–ड्रेस, ट्युनिक, ट्राउजरका लागि बेल्ट छनोट गर्दा सदैव स्किनिङ बेल्ट छनोट गर्नुपर्छ ।

फुटवेयर

–छालाको रंगसित मिल्ने फुटवेयरले स्लिमर लुक प्रदान गर्छ ।

–वेज हिल स्यान्डलको साटो पेन्सिल हिल प्रयोग गर्नुपर्छ ।

–बुट तथा चौडा बेल्ट भएको फुटवेयरबाट जोगिनुपर्छ ।

 

 Image