Successfully Copied

बनौं स्मार्ट एण्ड फिट ममी

प्राय: महिलाहरू शिशु जन्मिएपछि आफ्नो फिगरका सम्बन्धमा त्यति जागरुक हुँदैनन् । न त आफ्नो फिगरका लागि वर्कआउट नै गर्छन् तर आज स्मार्ट महिलाहरूको समय छ । गृहिणी वा कामकाजी महिला जे भए पनि स्वयंलाई मेन्टन गर्नाले अनेकौं कठिनाइबाट जोगिन सकिन्छ ।

प्राय: महिलाहरू शिशु जन्मिएपछि आफ्नो फिगरका सम्बन्धमा त्यति जागरुक हुँदैनन् । न त आफ्नो फिगरका लागि वर्कआउट नै गर्छन् तर आज स्मार्ट महिलाहरूको समय छ । गृहिणी वा कामकाजी महिला जे भए पनि स्वयंलाई मेन्टन गर्नाले अनेकौं कठिनाइबाट जोगिन सकिन्छ । फिट रहनाले धेरै रोगबाट बच्न सकिन्छ ।

त्यसो त शिशुलाई जन्म दिनेबित्तिकै महिलाहरूको तौल ६ किलोग्रामसम्म कम हुन्छ । गर्भावस्थामा बढी भोजन गर्दा बोसो सहज रूपले पग्लदैन । डेलिभरीको केही समयपछि महिलाहरू आफ्नो साधारण दिनचर्यामा फर्कन सक्छन् । गर्भावस्थाको केही महिनापछि उनीहरूले पुन: पहिलेको फिगर प्राप्त गर्न सक्छन् ।

कहिले प्रारम्भ गर्ने वर्कआउट

आमा बनेकाहरूले पहिलेको जस्तो बडी सेप प्राप्त गर्न धैर्य गर्नुपर्ने हुन्छ । एकदमै प्रारम्भिक दिनहरूमा मात्र स्ट्रेचिङ एक्सरसाइज गर्न सकिन्छ । दूध बनाउन शरीरले ५ सय अतिरिक्त क्यालोरी प्रयोग गर्छ । त्यसैले फिड गराउँदा क्यालोरी तीव्र गतिमा बर्न हुन्छ । यो समयमा डाइटिङ वा हेभी वर्कआउटले कमजोरी हुन सक्छ । प्रारम्भिक दिनहरूमा प्रात:भ्रमण, योगजस्ता लाइट एक्सरसाइज गर्न सकिन्छ । फिटनेस एक्सपर्टहरूका अनुसार नर्मल डेलिभरी छ भने करिब डेढ महिनापछि वर्कआउट गर्न सकिन्छ । ब्रेस्ट फिडिङ गरेपछि व्यायाम गर्नु ठीक हुन्छ । सिजेरियन डेलिभरी हो भने लगभग ६ महिनापछि जिममा वर्कआउट प्रारम्भ गर्न सकिन्छ । डेलिभरीमा कुनै कम्प्लिकेसन्स छ भने वर्कआउट वा डाइट प्लान गर्नुपूर्व चिकित्सकको परामर्श लिनु आवश्यक हुन्छ ।

कस्तो हुनुपर्छ डाइट

प्रारम्भिक दिनहरूमा डाइट कन्ट्रोल गर्नु हानिकारक साबित हुन सक्छ । कारण यतिबेला महिलाहरूलाई अतिरिक्त भोजनको आवश्यकता पर्छ । त्यसैले यो समयमा डाइटिङ गर्नु ठीक होइन । जब ब्रेस्ट फिड गर्न बन्द गरिन्छ तब आफ्नो भोजनप्रति सचेत हुनुपर्छ । यतिबेला  डाइटिङ होइन डाइट कन्ट्रोल तथा सन्तुलित भोजन गर्नुपर्छ ।

उपयोगी व्यायाम

गर्भावस्थापछि आवश्यकताअनुसार व्यायाम गरियो भने राम्रो परिणाम प्राप्त हुन्छ । फिटनेस एक्सपर्टहरूका अनुसार हरेक व्यक्तिको बडी संरचना फरक–फरक हुन्छ । त्यसैले तौल कम गर्न कुनै निश्चित व्यायाम तय गर्न सकिँदैन । जिम गइँदै छ भने पर्सनल ट्रेनरको सल्लाहअनुसार नै वर्कआउट वा डाइट मिलाउनुपर्छ ।

कार्डियो एक्सरसाइज

फिटनेस एक्सपर्टहरूका अनुसार कार्डियो एक्सरसाइज सहज हुन्छ । यसप्रकारको व्यायामका लागि कुनै उपकरणको आवश्यकता पर्दैन र त्यसलाई घरमै पनि गर्न सकिन्छ । जस्तै घुमफिर, ब्रिस्ट वाकिङ, जगिङ र स्वीमिङ उपयोगी कार्डियो व्यायाम हुन् । त्यसबाहेक योग र एरोबिक्स पनि फिट रहने राम्रा उपाय हुन् ।

क्रिसक्रस व्यायाम

जमिनमा पल्टेर आफ्ना दुवै हातलाई शिरमुनि राखेर दबाउनुपर्छ र कुहिना फैलाउनुपर्छ । आफ्नो एउटा घुँडालाई छाती नजिक ल्याउनुपर्छ र अर्को खुट्टालाई स्ट्रेच गर्नुपर्छ । त्यसपछि शिर तथा काँधलाई जमिनबाट उठाउनुपर्छ र पहिले उठाइएको घुँडातर्फ बढाउँदै आफ्नो कुहिनादेखि अर्कोतर्फको घुँडाले छुने प्रयास गर्नुपर्छ । यसरी खुट्टालाई आलोपालो गरी १०–१५ पटक दोहोर्‍याउनुपर्छ । थकान महसुस भयो भने बीचबीचमा केही मिनेटमा ब्रेक लिन सकिन्छ ।

सानो प्रयास

स्वयंलाई फिट राख्न पैदल यात्रा गर्नुपर्छ । पार्लर जाँदा, घरका सामान खरिद गर्दा, अफिसमा लिफ्टको साटो सिंढी प्रयोग गर्दा पनि पर्याप्त फाइदा हुन्छ । यस्तो हल्काफुल्का एक्सरसाइज दिनभरि चलिरहन सक्छ ।

स्ट्रेच मार्कस्

तौल कम वा बढी हुने स्थितिबाहेक गर्भावस्थापछि स्ट्रेच मार्कस् देखापर्छन् । यो धेरैजसो एब्डोमिनल एरिया, ब्रेस्ट वा हिप्समा हुन्छ । मार्कस् हटाउन हिजोआज बजारमा विभिन्न क्रिम उपलब्ध छन्, जसको नियमित प्रयोगले यो समस्याबाट छुटकारा पाउन सकिन्छ ।

स्किन टाइटनिङ

गर्भावस्थापछि छाला तन्किएका कारण फिगर पूर्णरूपले बिग्रन्छ । यसका लागि जिममा गएर स्किन टाइटनिङ थेरापी तथा मुहारको झुन्डिएको छालाका लागि फेसियल गरिन्छ । क्रन्चिङबाट स्किनलाई प्राकृतिक रूपमै टाइट गर्न सकिन्छ ।

 Image