Successfully Copied

मनसुनमा कसरी रहने स्वस्थ ?

मनसुनको मौसम सुन्दर हुन्छ तर यसले आफ्नो साथमा धेरै रोग पनि बोकेर ल्याउँछ । तसर्थ मनसुनको समयमा स्वस्थ रहन निम्न कुरामा विचार पुर्‍याउनुपर्छ :

मनसुनको मौसम सुन्दर हुन्छ तर यसले आफ्नो साथमा धेरै रोग पनि बोकेर ल्याउँछ । तसर्थ मनसुनको समयमा स्वस्थ रहन निम्न कुरामा विचार पुर्‍याउनुपर्छ :

–पानीलाई मात्र उमालेर छानेर राख्नु पर्याप्त हुँदैन । त्यो पानीलाई २४ घन्टाभित्र पिउनुपर्छ । २४ घन्टापछि बचेको पानी पिउनु हुँदैन । घरबाहिर जाँदा पानीको बोतल साथमा लानु राम्रो हुन्छ ।

–दूध चियाको ठाउँमा एन्टिब्याक्टेरियल गुण भएको अदुवा, तुलसी, पुदिना वा कालो नुनको हर्बल चिया पिउनुपर्छ । आफ्नो रुचिअनुसारको तरकारी सुप पनि राम्रो हुन्छ ।

–रोगप्रतिरोधक क्षमता बढाउन आहारमा लसुन, ब्रोकाउली, मसरुम, गाजर र एन्टिअक्सिडेन्ट भएको आहार समावेश गर्नुपर्छ । मसरुममा विट ग्लुकोज हुन्छ । जसले वर्षाको मौसमको विमारीबाट जोगाउँछ ।

–पानीमा रुझिएको छ भने घर पुगेपछि नुहाउनुपर्छ । नुहाउनाले इन्फेक्सनबाट जोगिन्छ, साथै यसबाट शरीरको तापमान पनि सामान्य रहन्छ ।

–फ्रिजलाई हरेक दुई–तीन  दिनमा सफा गर्नुपर्छ । तरकारीलाई धोएर फ्रिजमा राख्नु हुँदैन ।

–घरमा कुनै पनि स्थानमा पानी जम्मा हुने गरी छोड्नु हुँदैन । जमेको पानीमा लामखुट्टे हुर्कन्छ र रोग फैलाउने गर्छ । लामखुट्टेबाट बच्नका लागि मस्किटो रेपलेटको प्रयोग दिनमा एकपटक गर्न सकिन्छ । बालबालिकालाई लामखुट्टेबाट जोगाउन छालामा सोयाबिन ओयल लगाउनु राम्रो हुन्छ । यसको प्रभाव एकदेखि चार घन्टासम्म रहन्छ ।

–खाना चिसो भएको छ भने खानुपूर्व तताउनुपर्छ । खानालाई छोपेर राख्नुपर्छ । खाना खानुअघि र खाएपछि साबुनपानीले राम्रोसँग हात धुनुपर्छ ।

–मनसुनमा भोक बढ्छ । खानपिनमा बढी रुचि हुन्छ तर यो मौसममा शरीरले खानालाई चाँडै पचाउन सक्दैन । अत: आहारमा अदुवा, कालो मरिच, बेसार एवं धनियाँ समावेश गर्नु राम्रो हुन्छ ।

यो मौसममा जगिङ वा वाक गर्न कठिन हुन्छ तर पनि शारीरिक अभ्यासबाट ब्रेक लिनु हुँदैन । दिनहुँ घरमै व्यायाम तथा योग गर्न सकिन्छ ।

–आफ्नो मुहारलाई बारम्बार छुनु हुँदैन । फ्लुको भाइरस प्राय:  आँखा, नाक र मुखको माध्यमबाट शरीरमा प्रवेश गरी बिरामी बनाउँछ ।

 Image