Successfully Copied

बालबालिकालाई जोगाऔं वर्षाको बिमारीबाट

फंगल इन्फेक्सन : वर्षा मौसम प्रारम्भ हुनेबित्तिकै चाँडै फैलने बिरामी हो–फंगल इन्फेन्क्सन । विशेष गरी हात र खुट्टाका औंलाको बीचमा फंगल इन्फेक्सन हुन्छ । लामो समय पानीमा बस्दा यो समस्या वृद्धि हुन्छ ।

फंगल इन्फेक्सन : वर्षा मौसम प्रारम्भ हुनेबित्तिकै चाँडै फैलने बिरामी हो–फंगल इन्फेन्क्सन ।  विशेष गरी हात र खुट्टाका औंलाको बीचमा फंगल इन्फेक्सन हुन्छ । लामो समय पानीमा बस्दा यो समस्या वृद्धि हुन्छ । बालबालिकाहरू प्राय: वर्षामा पानीमा खेल्न रुचाउँछन् । अत: बालबालिकाहरूको छालामा फंगल इन्फेक्सन हुन्छ ।

के गर्ने ?

एन्टी फंगल क्रिम लगाएर छालालाई राम्रोसँग पुछ्नुपर्छ ।

कन्जक्टिवाइटिस : पिंक आइ, आइफ्लु तथा कन्जक्टिवाइटिसजस्ता नामले परिचित यो बिरामी चाँडै फैलन्छ । वर्षामा यसको प्रभाव बढी देखिन्छ ।

के गर्ने ?

बालबालिकालाई सरसफाइका बारेमा सचेत तुल्याउनुपर्छ । कुनै बालबालिकामा यो समस्या छ भने उनीहरूबाट टाढै राख्नुपर्छ ।

अर्टिकेरिया : धेरै गरम तथा मसालेदार खाना खाँदा शरीरमा रातो दाग देखा पर्नसक्छ । उक्त दाग हल्का चिलाउँछ र चाँडै फैलन्छ ।

के गर्ने ?

बालबालिकालाई धेरै ननभेज तथा मसलेदार खाना ख्वाउनु हुँदैन । रातो दाग कन्याउन दिनु हुँदैन र त्यहाँ केलेमाइन लोसन वा पाउडर लगाइदिनुपर्छ ।

मलेरिया : वर्षामा ठाउँ–ठाउँमा पानी जम्मा हुने हुँदा लामखुट्टेको प्रकोप बढ्छ । घरमा त आफ्ना बालबालिकालाई लामखुट्टेबाट सुरक्षित राख्न सकिन्छ तर बाहिर खेल्दा लामखुट्टेबाट जोगाउन मुस्किल हुन्छ ।

के गर्ने ?

बालबालिकाका हातखुट्टाका साथै अन्य खुल्ला अङ्गमा लामखुट्टेबाट जोगिने क्रिम लगाइदिएर मात्र खेल्न पठाउनुपर्छ । घर वरपर पानी जम्मा हुन दिनु हुँदैन ।

कलेरा (हैजा) : वर्षामा कलेरा (हैजा) पनि चाँडै फैलन्छ । यो रोग फोहोर पानी एवं दूषित खानाबाट फैलन्छ ।

के गर्ने ?

वर्षामा बालबालिकाको खानपानमा विशेष ध्यान पुर्‍याउनुपर्छ । शरीरमा पानीको कमी हुन दिनुहँुदैन ।

स्मार्ट टिप्स

–बालबालिकालाई खुल्ला, हल्का र हावा भित्र छिर्ने कपडा लगाइदिनुपर्छ ।

–कपडालाई साबुनका कण नरहने गरी राम्रोसँग धुनुपर्छ ।

–एन्टिब्याक्टेरियल खोप प्रयोग गर्नुपर्छ ।

–वर्षामा भिज्न दिनुहुँदैन ।

–जुत्ताको साटो चप्पल लगाइदिनुपर्छ । यसबाट खुट्टा ओसिलो रहन पाउँदैन ।

 Image