Successfully Copied

महिलाहरूको धन प्रबन्ध

हिजोआज महिलाहरू हर क्षेत्र तथा प्रभावशाली पदमा छन् । हरेक दिन त्यस्ता महिलाहरूको संख्या वृद्धि हुँदैछ जसको साथमा आफ्नो पैसा छ । उनीहरूलाई वित्तीय संसारको महत्वपूर्ण अंग पनि मानिएको छ ।

हिजोआज महिलाहरू हर क्षेत्र तथा प्रभावशाली पदमा छन् । हरेक दिन त्यस्ता महिलाहरूको संख्या वृद्धि हुँदैछ जसको साथमा आफ्नो पैसा छ । उनीहरूलाई वित्तीय संसारको महत्वपूर्ण अंग पनि मानिएको छ । यसका अतिरिक्त त्यस्ता महिलाहरू पनि छन् जसलाई वित्तीय संसारका बारेमा केही थाहा छैन । लगानीका मामिलामा उनीहरू निकै पछाडि छन् । उचित ठाउँमा लगानी गर्ने काम  निकै गार्‍हो हुन्छ । त्यसमा निकै सचेत पनि हुनुपर्छ । यस विषयमा जानकारी नभएका महिलाहरूले त हात हाल्नुअघि निकै सतर्क हुनु आवश्यक छ । एक पटक लगानी गरेपछि त्यसप्रति उत्सुकता बढ्दै जान्छ र क्रमश: सफलता हात लाग्दै जान्छ । लगानीको क्षेत्रमा प्रवेश गर्ने विभिन्न माध्यम छन् जसमा स्टक, बन्डस तथा म्युचअल फन्ड आदि हुन सक्छन् । बचतको सुरुवातका लागि बचत प्रमाणपत्र एउटा राम्रो लगानी हो । महिलाहरूका लागि अर्को माध्यम भनेको मार्केट फन्ड पनि हो । बचत खाता जस्तै यी पनि थोरै अवधिका लागि हुन्छन् ।

योजना तथा मार्गदर्शन

पहिलो पटक लगानी गर्नेहरूले लगानीका लागि सही योजना छनोट गर्नुपर्छ । नेपाली महिलाका लागि उनीहरूको वित्तीय लक्ष्य, रोजगारको स्तर, उमेर, अवधि तथा सबैभन्दा महत्वपूर्ण कुरा जोखिम उठाउने उनीहरूको सामथ्र्यमा निर्भर गर्छ । कुनै एक लगानी योजनाले भावी लगानीलाई मार्गदर्शन प्रदान गर्छ । यसबाट ऊर्जालाई संगठित तथा निर्देशित गर्न सहयोग मिल्छ । कामकाजी महिलाहरूले सेयरमा लगानी गर्नु राम्रो मानिन्छ भने गृहिणीहरूले बीमामा लगानी गर्नु उपयुक्त हुन्छ । बन्डस, मनी मार्केट तथा ट्रेजरी बिल लगानीका लागि सुरक्षित मानिन्छन् भने सेयर जोखिमपूर्ण लगानी हो ।

आदर्श स्थिति

महिलाहरू बढी भावुक हुन्छन् जब धनको प्रबन्धको कुरा आउँछ तब उनीहरू जोखिम लिन चाँहदैनन् तर उनीहरू आफ्नो लगानीको अवलोकन गर्न भने रुचाउँछन् । लगानी गर्दा वित्तीय संस्थाहरूका बारेमा पूर्ण जानकारी लिनुपर्छ ।

लगानी गर्नुअघि

–सम्भावित लाभ र समय सीमाका सम्बन्धमा सजानकारी लिनुपर्छ ।

–निवेशको अवसरमा प्रदान गरिने नगदका सनथै अरू सुविधाका सम्बन्धमा पनि जानकारी लिनुपर्छ ।

–लोभी बन्नु हुँदैन । मोटो लाभको साटो सामान्य लाभका बारेमा विचार गर्नुपर्छ ।

–बजारमा चलेको हल्लाबाट प्रभावित हुनु हुँदैन । विचार पुर्‍याएर मात्र निर्णय लिनुपर्छ ।

–लगानी गर्नुअघि वा कुनै जोखिम उठाउँदा कर्जा लिनबाट बच्नुपर्छ । आफ्नो सामथ्र्यअनुसार कर्जा लिनुपर्छ ।

–लगानी गर्दा कानुनी कुरामा पनि ध्यान पुर्‍याउनुपर्छ । कागजात तथा नियमहरू राम्रोसँग पढ्नुपर्छ ।

–पञ्जीकृत गरिएका बजार अधिकृत तथा मध्यस्थकर्ताहरूबाट व्यवसाय गर्नुपर्छ ।

–हरेक पक्षमा सावधानी अपनाउनुपर्छ ।

महिलाहरूलाई अनुशासित, नियमित तथा शालीन बचतकर्ताका रूपमा लिइन्छ । महिलाहरू बचत गर्न इच्छुक भए पनि लगानी गर्न डराउँछन् तर पनि लगानी गरी परिश्रम गरे मीठो फल पाइन्छ अनि त्यसले आत्मबल पनि बढाउँछ ।

बैंकमा जाँदा ध्यान दिनुपर्ने कुराहरू

हिजोआज लुटपाटका घटना नियमितजसतै भएका छन् । यस्तो अवस्थामा आफूसँग भएको पैसा लिएर बंैकमा जान पनि कठिन हुन्छ ।  बैंकमा जाँदा विचार पुर्‍याएर काम गर्नुपर्छ । निम्न कुरा अवलम्बन गर्दा सम्भावित दुर्घटनाबाट बच्न सकिन्छ  ।

–सम्भव भएसम्म परिवारका कुनै सदस्यलाई लिएर मात्र बैंक जानुपर्छ । बाटोमा आफ्नो ध्यान अन्यत्र लगाउनु हुँदैन ।

–रुपैयाँ जम्मा गर्ने फर्म घरमा ल्याएर राख्नुपर्छ जसले बैंकमा समयको पनि बचत हुन्छ । पैसा हराउने डर पनि हुँदैन ।

–बाटोमा कुनै अपरिचित मानिस भेटिए उसलाई बैंक जाने कुरा वा आफ्नो काम बताउनु हुँदैन ।

–पैसा जम्मा गर्न लाइनमा बसेको भए पैसा भएको ब्याग वा पर्सलाई ब्यागमा राम्रोसँग सम्हालेर राख्नुपर्छ ।

–कुनै अपरिचित मानिसले काम चाँडै गरिदिने आश्वासन दिए पनि उसको भर पर्नु हुँदैन ।

–बैंकमा लाइनमा बस्दा मोबाइलमा कुरा गर्नु हुँदैन ।

–एटिएममा भरसक दिउँसो जानुपर्छ । दिउँसो पैसा निकाल्दा सुरक्षित हुन्छ । सम्भव भए भरपर्दो साथी लिएर जानुपर्छ ।

–एटिएम जाँदा कसैलाई आफ्नो पिन नम्बर बताउनु हुँदैन  न त कसैलाई रुपैयाँ गन्न दिनु उपयुक्त हुन्छ ।

 

 Image