Successfully Copied

चार खराब बानी स्वास्थ्यका लागि हानिकारक

युवामा रहेका चार खराब बानी स्वास्थ्यका दृष्टिले हानिकारक हुन सक्छ । लागेको बानीलाई चाहेर पनि हटाउन सकिदैन । सबै बानी एकैपटक हटाउन संभव नभएमा एउटा एउटा गरेर हटाउनु उपयुक्त हुन्छ ।

युवामा रहेका चार खराब बानी स्वास्थ्यका दृष्टिले हानिकारक हुन सक्छ । लागेको बानीलाई चाहेर पनि हटाउन सकिदैन । सबै बानी एकैपटक हटाउन संभव नभएमा एउटा एउटा गरेर हटाउनु उपयुक्त हुन्छ । धेरै मानिसको बिहान उठ्नासाथ बेडमै चिया पिउने बानी हुन्छ । यसैगरी धेरै मात्रामा जंक फूड खाने बानी पनि हुन्छ । कम पानी पिउनु तथा रेशादार खानेकुरा नखाई बाहिरको खुल्ला रहेको खानेकुरा खाने बानी हुन्छ । सबै बानीको एकसाथ हटाउन संभव नभएमा पहिले एउटा हटाउनुपर्छ । एउटा बानी हटाएपछि अरु बानी हटाउनुपर्छ ।

बेड टि खराब बानी

बेड टिको बानीले गर्दा एसिडिटी तथा ग्याष्ट्रिकको समस्या हुन सक्छ । यसैले बेड टिको साटो मन तातो पानीमा मह तथा कागती मिसाएर सेवन गर्न सकिन्छ । यसले पाचनक्रिया सही हुनुको साथै रोग प्रतिरोधक क्षमता पनि बढाउँछ । रक्त संचार पनि सन्तुलित हुन्छ । यसको एक घन्टापछि चिया पिउनुपर्छ ।

जंकफूडबाट टाढै

धेरैजसोलाई घरको खाना भन्दा बाहिरको खाना खान मन पर्छ । साँझको समयमा धेरैजसोको बाहिरको खाना खाने बानी हुन्छ । घरमै बनाएको खाना खान छोडेर निम्की, पिज्जा, बर्गर खाने बानी हुन्छ । पेटमात्र भरिने यस्ता खानेकुराले शरिरमा पौष्टिक तत्व पुग्दैन । यस्ता खानेकुराले मोटापा हुनुका साथै अन्य खानेकुरामा रुचि कम हुन्छ । यसैले साँझको समयमा भोक लागेमा जंक फूडको साटो फलफूल तथा घरमै बनाएको खानेकुरा खानु उचित हुन्छ ।

प्रशस्त मात्रामा पानी पिउने

कम पानी पिउँदा कन्स्टिपेसन, पेटको समस्या, पेट पोल्ने तथा थकान महसुस हुने गर्छ । त्यसैले दिनभरमा तीन चार लिटर पानी पिउनुपर्छ ।

रेशादार खानेकुरा जरुरी

खानामा रेशादार खानेकुरा समावेश नगर्नु स्वास्थ्यका दृष्टिले राम्रा मानिदैन । यसैले बिस्कुट, पाउरोटीको साटो रोटी, तरकारीको सूप, सलाद तथा फलफूलको जुस खानुपर्छ । यी खानेकुरालाई बिस्तारै आफ्नो खानामा समावेश गरेमा खराब खानेकुराको स्वाद बिर्सदै गइन्छ ।  

 Image