Successfully Copied

किड क्विन नेपाल साम्राज्ञी श्री

नेप्लिज फेशन होमद्वारा आयोजित १४ औं किड क्विन नेपाल २०१६ को उपाधि ठमेलकी १० वर्षीया साम्राज्ञी श्री बस्नेतले जितेकी छिन् । काठमाडौंको कमलादी स्थित प्रज्ञा भवनमा शनिबार दिउँसो सम्पन्न उक्त कार्यक्रममा २०

नेप्लिज फेशन होमद्वारा आयोजित १४ औं किड क्विन नेपाल २०१६ को उपाधि ठमेलकी १० वर्षीया साम्राज्ञी श्री बस्नेतले जितेकी छिन् । काठमाडौंको कमलादी स्थित प्रज्ञा भवनमा शनिबार दिउँसो सम्पन्न उक्त कार्यक्रममा २० जना प्रतियोगीलाई उछिन्दै साम्राज्ञी श्रीले उपाधी सहित विभिन्न उपहार प्राप्त गरिन् । उनले मिस फोटो जेनिकको उपाधि पनि हात पारिन् । उक्त प्रतियोगितामा १२ वर्षीय सम्झना लामा मोक्तान फस्ट रनरअप तथा वर्ष १३ की समृद्धि गौतम सेकेन्ड रनर अप भए । यसैगरी मिस ट्यालेन्ट दिया थापामगर, बेस्ट ड्रेस कृषा दाहाल, सोसल वेलफेयर एम्बेस्डर चिफ अनुषा घिमिरे तथा दीया पोखरेल एवं मिस पर्सनालिटी तनुश्री मानन्धर भए । यस्तै मिस डिसिप्लेनको उपाधि रिधिषा श्रेष्ठले तथा मिस बेस्ट हेयरको उपाधि आर्या आचार्यले पाए । यसैगरी बेस्ट स्किन नवोदिता तिमिल्सिना, बेस्ट स्माइल सोनुका लामा, मिस चार्मिङ एञ्जल राई, मिस फ्रेण्डसिप कृतिका गौतम तथा मिस इन्नोसेन्टको सर्वश्री अधिकारी घोषित भए ।

कार्यक्रमको निर्णायकमा वी विल राइजका अध्यक्ष निर्मल श्रेष्ठ, नेपाल बुटिक एसोसिएनका संस्थापक अध्यक्ष उज्ज्वल कृष्ण श्रेष्ठ, सञ्चारकर्मी झरना अधिकारी, किड क्विन नेपाल–२०१३ शर्मिला हमाल, अधिवक्ता लक्ष्मण महर्जन, व्युटिसियन मञ्जु कार्की, मिस नेवा: एञ्जल श्रेष्ठ एवं फेशन डिजाइनरहरू आयुषा लामा गमाल तथा शोभा महर्जन थिए । यो प्रतियोगिताको कोरियोग्राफी रोहिया महर्जनले गरेकी थिइन् । बालिकाहरुको व्यक्तित्व विकास एवं प्रतिभा प्रस्तुतिको लागि विगत १४ वर्षदेखि किड क्विन नेपालको आयोजना गर्दै आएको नेप्लिज फेशन होमकी अध्यक्ष हेमा मानन्धरले बताइन् ।  

 Image