Successfully Copied

ढल्किँदो उमेरको असर

बुढ्यौली एकै पटक आउँदैन । शरीरका विभिन्न अंग अलग–अलग उमेरमा वृद्धावस्थातर्फ उन्मुख हुन्छन् । बुढ्यौलीको प्रक्रिया ३० वर्षको उमेरतिर प्रारम्भ हुन्छ र बाँकी उमेरभरि नै चलिरहन्छ ।

बुढ्यौली एकै पटक आउँदैन । शरीरका विभिन्न अंग अलग–अलग उमेरमा वृद्धावस्थातर्फ उन्मुख हुन्छन् । बुढ्यौलीको प्रक्रिया ३० वर्षको उमेरतिर प्रारम्भ हुन्छ र बाँकी उमेरभरि नै चलिरहन्छ ।

केश

शरीरका अन्य अंगजस्तै केशमा पनि उमेरको प्रभाव पर्छ । ३० वर्षपछि केश बढ्ने एवं उम्रने गतिमा कमी आउँछ । फलस्वरूप केश पातलो देखिन्छ । साथै ३० वर्षपछि रोमछिद्रबाट मेलानिनको स्राव पनि कम हुन्छ । फलस्वरूप केश फुल्न थाल्छ ।

कान

कानमा बुढ्यौलीको प्रभाव ५० वर्षपछि सुरु हुन्छ, जसबाट व्यक्तिको श्रवण शक्ति प्रभावित हुन्छ । उमेरको कारणबाहेक चर्को आवाजमा लामो समय बिताउँदा पनि सुन्ने क्षमतामा कमी आउँछ ।

मांसपेशी

मांसपेशीमा बुढ्यौलीको प्रक्रिया ३० वर्षतिर प्रारम्भ हुन्छ । ३० वर्षपछि मांसपेशीको तन्तुको संख्या र ताकत कम हुन थाल्छ । यसले गर्दा शरीरको मोटाबोलिज्म कम हुन्छ । परिणामस्वरूप शरीरको क्यालोरी खपत गर्ने क्षमता र्‍हास भै मोटोपन बढ्छ । विभिन्न एक्सरसाइजबाट मसल्सको एसिडालाई कम गर्न सकिन्छ ।

मस्तिष्क

मांसपेशीजस्तै मस्तिष्क पनि ३० वर्षदेखि नै वृद्धावस्थातर्फ लम्कन थाल्छ । ३० वर्षपछि मस्तिष्क विस्तारै खुम्चिन थाल्छ । यसबाट स्नायु कोषिकाको विकास प्रक्रिया रोकिन थाल्छ । मस्तिष्कको रक्त सञ्चार पहिलेको तुलनामा कम हुन्छ, जसले व्यक्तिको सोच्ने शक्तिमा प्रभाव पार्छ । त्यसैले कुनै समस्या बुझ्न र परिणामसम्म पुग्न धेरै समय लाग्छ । एस्ट्रोजन हार्मोनको अत्यधिकताका कारण महिलाहरूको मस्तिष्क र ह्दय पुरुषको तुलनामा मन्द गतिमा बूढो हुन्छ ।

आँखा

व्यक्तिको आँखा ४० वर्ष पार गरिसकेपछि वृद्धावस्थातर्फ अग्रसर हुन्छ । ४० वर्षपछि आँखाको पुतली पछाडिको पारदर्शी अंग कडा र बाक्लो हुन थाल्छ, जसले गर्दा नजिकका कुरामा आफ्नो ध्यान केन्द्रित गर्न कठिन हुन्छ । साथै अँध्यारो र कम उज्यालो भएको स्थानमा हेर्दा गाह्रो हुन्छ । यसबाहेक उज्यालो कम वा बढी भए पुतलीको रिएक्ट पनि ढिलो हुन्छ । ४० वर्षपछि आँखा ड्राई हुने समस्या पनि देखापर्न सक्छ ।

ह्दय

४० वर्ष पार गरेपछि ह्दयको एजिङ प्रक्रिया प्रारम्भ हुन्छ । ४० वर्षपछि रक्तवाहिकाहरू कडा हुन थाल्छन् । त्यसपछि ह्दयमा रगतको प्रवाह तीव्र गतिमा हुन्छ र धमनीहरू फैलन धेरै समय लाग्छ । परिणामस्वरूप मुटुमा आवश्यकताभन्दा कम रगत पुग्छ ।

छाला

छालामा उमेरको प्रभाव चाँडै देखा पर्छ । २५ वर्षको उमेरमै छालाको बुढ्यौली प्रक्रिया हुन्छ । परिणामस्वरूप छाला बढी पातलो अनि कम लचिलो हुन्छ र त्यसमा मसिना रेखाहरू देखापर्न थाल्छन् । उमेरसँगै बढी समय घामको सम्पर्कमा बिताउँदा पनि छाला रुखो हुन्छ । फाइवरयुक्त आहार एवं प्राणायामको मद्दतबाट छालामा उमेरको प्रभावलाई कम गर्न सकिन्छ ।

 

 Image