Successfully Copied

बैंकमा जाँदा ध्यान दिनुपर्ने कुराहरू

हिजोआज लुटपाटका घटना नियमितजसतै भएका छन् । यस्तो अवस्थामा आफूसँग भएको पैसा लिएर बंैकमा जान पनि कठिन हुन्छ । बैंकमा जाँदा विचार पुर्‍याएर काम गर्नुपर्छ । निम्न कुरा अवलम्बन गर्दा सम्भावित दुर्घटनाबाट बच्न सकिन्छ ।

–सम्भव भएसम्म परिवारका कुनै सदस्यलाई लिएर मात्र बैंक जानुपर्छ । बाटोमा आफ्नो ध्यान अन्यत्र लगाउनु हुँदैन ।

–रुपैयाँ जम्मा गर्ने फर्म घरमा ल्याएर राख्नुपर्छ जसले बैंकमा समयको पनि बचत हुन्छ । पैसा हराउने डर पनि हुँदैन ।

–बाटोमा कुनै अपरिचित मानिस भेटिए उसलाई बैंक जाने कुरा वा आफ्नो काम बताउनु हुँदैन ।

–पैसा जम्मा गर्न लाइनमा बसेको भए पैसा भएको ब्याग वा पर्सलाई ब्यागमा राम्रोसँग सम्हालेर राख्नुपर्छ ।

–कुनै अपरिचित मानिसले काम चाँडै गरिदिने आश्वासन दिए पनि उसको भर पर्नु हुँदैन ।

–बैंकमा लाइनमा बस्दा मोबाइलमा कुरा गर्नु हुँदैन ।

–एटिएममा भरसक दिउँसो जानुपर्छ । दिउँसो पैसा निकाल्दा सुरक्षित हुन्छ । सम्भव भए भरपर्दो साथी लिएर जानुपर्छ ।

–एटिएम जाँदा कसैलाई आफ्नो पिन नम्बर बताउनु हुँदैन  न त कसैलाई रुपैयाँ गन्न दिनु उपयुक्त हुन्छ ।

 Image